• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदै

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १९, बिहीबार २१:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पाेपोलाइभ गरी पाँच वटा प्ल्याटफर्म सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने छैनन्, निर्वाध रुपमा चलिरहनेछन् ।

    नेपालमा यी प्ल्याटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् । गएको बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूचीकरण नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल भने बन्द गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमश: बन्द गरिने सूचना मार्फत जानकारी गराएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सूचीकरणका लागि नआएका प्ल्याटफर्मलाई नेपालभरि नचल्ने गरी रोक लगाउन लागिएको हो । त्यस्तै बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुन: खोलिने पनि सरकारले जनाएको छ । ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । उक्त म्याद गएरातिदेखि सकिएको थियो ।

    सरकारकाे उक्त निर्णय बेवास्ता गरिएपछि आज सञ्चार मन्त्रालयले पुन: मन्त्रीस्तरीय निर्णय गर्दै नेपालभरि सूचीकृत नभएका सञ्जालहरू चल्नबाट रोक लगाउने निर्णय गरेको हो ।

    सूचीकृत भएका पाँच सञ्जाल

    –टिकटक

    –भाइबर

    –निम्बज

    –वीटक

    –पोपोलाइभ

    सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल

    –फेसबुक

    –म्यासेन्जर

    –इन्स्टाग्राम

    –युट्युब

    –ह्वाट्सएप

    –ट्वीटर (एक्स)

    –लिंक्ड इन

    –स्न्याप च्याट

    –रेडिट

    –डिस्कर्ड

    –पिन्ट्रेस्ट

    –सिग्नल

    –थ्रेड

    –वी च्याट

    –कोरा

    –सम्ब्लर

    –क्लब हाउस

    –मास्टो डन

    –रम्बल

    –मि वी

    –मि भिके

    –लाइन

    –इमो

    –जालो

    –सोल

    –हाम्रो पात्रो

    Post Views: 221
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार २१:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कन्टेन्ट क्रिएटर’ सँग जोडिदै वीटक
    वीटकमा प्रयोगकर्ता बढ्न थाले
    दर्ता प्रक्रियामा आयो ‘हाम्रो पात्रो’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.