कलाशैली संवाददाता । दसैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन मध्ये फिल्म ‘हरिबहादुरको जुत्ता’ व्यापार पहिलो दिनको तुलनामा दोस्राे दिन बढेको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @सिनेपा’ एपमा देखिएको तथ्यांकअनुसार फिल्मले दोस्रो दिन शो बढाएपछि व्यापार पनि बढाएको हाे ।
दीपेन्द्रकुमार खनालद्वारा निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँ ग्रस व्यापार छ। पहिलो दिन (असोज १३) मा १ सय ३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन समान १ सय ३४ शोबाट ३४ लाख ७३ हजार रुपैयाँ ग्रस व्यापार गरेको हो । पहिलाे र दाेस्राे दिन समान शाेज पाएकाे ‘हरिबहादुरको जुत्ता’ मा तुलनात्मक रूपमा दाेस्राे दिन अकुपेन्सी पनि ४० प्रतिशतले बढेकाे छ ।
फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । हरिवंशले टेलिशृङ्खला र रङ्गमञ्चमा चर्चित पात्र ‘हरिबहादुर’लाई यसपटक फिल्ममा प्रस्तुत गरेका छन् ।





