• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

  •  कलाशैली संवाददाता
  • २०८२ मंसिर २०, शुक्रबार २२:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा आजदेखि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ । हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।

    वैकल्पिक उपचार क्षेत्रमा ४ हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थापक रेग्मी यस शाखाले लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि उपचार पहुँच विस्तारमा मद्दत गर्नेमा विश्वस्त छन् ।

    ‘तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती तथा जीवनशैलीसम्बन्धी समस्याहरू समाधानमा राम्रो सफलता प्राप्त गरेका छौँ,’ रेग्मीले भने, ‘यस शाखामार्फत मानसिक स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य, सुरक्षित र वैज्ञानिक आधारमा उपलब्ध गराउनु हाम्रो उद्देश्य हो ।’

    उनका अनुसार केन्द्रमा गेन्डम, मन्त्र, सम्मोहन विद्या, तन्त्र विद्या, महाविद्या साधना, भैरव साधनाजस्ता विधाहरू पनि सिकाइने छन् । नयाँ शाखाबाट हिप्नोथेरापी, ऊर्जा-हीलिङ, तन्त्र–आधारित अभ्यास, माइन्ड-बडी वेलनेस तथा समग्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिने केन्द्रले जनाएको छ । यहाँ व्यक्तिगत उपचार सत्र, हिप्नोथेरापी र रिग्रेसन थेरापी, ऊर्जा उपचार र चक्र व्यवस्थापन, सामूहिक प्रशिक्षण तथा माइन्ड ट्रेनिङ क्लास, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी विशेष कार्यशालाहरू सञ्चालन गरिनेछ ।

    नेपालमा मानसिक स्वास्थ्यप्रति चेतना बढिरहेको अवस्थामा, बुटवलमा शाखा विस्तारले लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका बासिन्दालाई वैकल्पिक उपचारको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    Post Views: 145
    प्रकाशित मिति: २०८२ मंसिर २०, शुक्रबार २२:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘मिस युनिभर्स नेपाल २०२५’ बनिन् सान्या
    लुनाको शिरमा ‘मिस नेपाल २०२५’ को ताज
    ‘मिष्टर नेपाल २०२५’ को खोजी सुरु
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.