• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कन्टेन्ट क्रिएटर’ सँग जोडिदै वीटक

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र २२, आईतवार १३:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन् । दुवै डान्सरले अन्तर्राष्ट्रिय डान्स प्रतियोगिताहरूमा सहभागिता जनाउँदै विश्वव्यापी पहिचान बनाएका छन् । वीटकको माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदायसहित कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए ।

    उनले भने, ‘हाम्रो एपमार्फत क्रिएटरहरूको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौं । तत्काल भुक्तानीको व्यवस्थाले नयाँ सिर्जनालाई प्रोत्साहन गर्नेछ । नोर्बु र सुस्मिताजस्ता अन्तर्राष्ट्रिय हिपहप कलाकारलाई जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास र विस्तार गर्ने हाम्रो योजना छ ।’

    उनले हिपहप डान्स प्रतियोगितामा भारतमा काम गरिरहेका नोर्बु र सुस्मितासँगै करण सोनार (करण डान्स स्टुडियो) पनि जोडिएको बताए । यस प्रतियोगितामा वीटक प्रयोगकर्ता सहभागिता जनाउन पाउने छन् । आफ्नो हिपहप डान्सको भिडिओ वीटकमा अपलोड गरेपछि नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडिओ छनोट गर्नेछन् । वीटकले निर्माण गरेको भिडिओसँगै यसको पुरस्कार राशी पनि घोषणा गरिनेछ ।

    के हो विटक ?

    नेपाल सरकारले ‘सामाजिक सञ्जाल सञ्जालन तथा नियमन सम्बन्धी निर्देशिका, २०८०’ जारी गर्दै सामाजिक सञ्जालहरूलाई मन्त्रालयमा दर्ता गर्न आह्वान गरेपछि दर्ता नभएका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लागेको २६ सँगै नेपालमा दर्ता भएका पाँच सामाजिक सञ्जाल पनि चर्चामा आए । नेपालमा हालसम्म सूचीकृत भएका सञ्जालमा टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ रहेका छन् ।

    यी मध्ये वीटक (Weetok) नेपालमा दर्ता भएको सामाजिक सञ्जाल हो । सुन्दा टिकटक झैँ लाग्ने यो सञ्जालको सुरुआत नेपाली युवा क्षितिज दाहालले गरेका हुन् । सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरे । तर, आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन सकेनन् । फलतः उनले सारांश मिडिया ल्याबको स्थापना गरे ।

    सुरुआतमा उनले विभिन्न पोर्टलमा आउने समाचारलाई एक ठाउँ सारांश एपमा पढ्न मिल्ने गरी तयार गरे । उक्त एपमा आफूले खोजेको विधाको खबरहरू एकै ठाउँमा पढ्न पाइन्छ । एपकै शिलशिलामा क्षितिजलाई भिडिओ सेयरिङ एप बनाउनु पर्छ भन्ने लाग्यो । जहाँ उनले भिडियो हेर्ने सुविधासँगै ‘मार्केटप्लेस’ पनि उपलब्ध गराउने तयारीमा काम सुरू गरे ।

    ‘हामी कहाँ भिडिओ सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन । त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुआत गरेको हुँ । यहाँ हामीले आफैँ भिडिओ राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने ।

    उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए । त्यहि अनुरुप काम गरिरहेका थिए । तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिएसँगै यस प्रति चासो बढ्यो । चासोसँगै प्रयोगकर्ता पनि बढिरहेका छन् ।

    ‘हामीले लञ्च गर्ने तयारी स्वरूप केही योजना बनाएका थियौँ । तर, सूचिकृत पाँचमा हामी परेसँगै हामीले जे सार्वजनिक गरेका छौँ, त्यसलाई नै प्रभावकारी बनाउन लागिरहेका छौँ । हाम्रो एप प्लेस्टोर र एप्पलस्टोरबाट डाउनलोड गर्न सकिन्छ । हामी फिचर्स थपिरहेका छौँ, किनकि अप्रत्यासित रुपमा हामी मार्केटमा आइसकेका छौँ’, उनले भने । विसं २०८१ असार ७ गते देखि भिडिओ सेयरिङ एप बनाउने तयारी सुरु गरेका क्षितिजको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेका छन् । भक्तपुरको पेप्सीकोलामा अफिस राखेर उनले आफ्नो सपनालाई मुर्तरुप दिन अहोरात्र खटिरहेका छन् ।

    ‘हामी न्युजमा आइसकेपछि लञ्च भयौँ, त्यसैले हामीले फिचर्समा ध्यान दिईरहेका छौँ । हामीले वीटक लञ्च गरेसँगै विभिन्न् अफर ल्याएर काम गर्ने सोच बनाएका थियौँ । पछिल्लो समय प्राय देशले आफ्नै प्लेटफर्म बनाएर आफ्नो डाटा सुरक्षित गरिरहेको छ । हामीसँग प्रयोगकर्ता बढेसँगै हामी सेवासुविधा थप्दै जानेछौँ’, उनले भने ।

    नेपालभित्र हुने अनलाइन गतिविधिको निगरानी गर्नु र अनर्गल, सामाजिक सद्भाव खल्बल्याउने सामग्री नियन्त्रण गर्न अहिले सरकारले सामाजिक सञ्जाल तोकेको मापदण्डअनुसार दर्ता हुनु पर्ने, प्लेटफर्महरूले नेपालमा गुनासो सुनुवाइ अधिकारी र सम्पर्क व्यक्ति तोक्नुपर्ने भनेको छ । वीटकले यी सबै प्रावधान पूरा गरी नेपालमा कानुनी वैधता प्राप्त गरेको छ ।

    वीटकले आफ्नो प्रयोगकर्तालाई ‘मनिटाईजेशन’ सुविधा दिने, लालीगुराँस जस्ता फुल गिफ्ट गर्न मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको छ । यसले दसैँ लगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्दैछ । वीटकको प्रमोशनका लागि यी सम्पूर्ण योजना पहिले नै बनेको क्षितिजले सुनाए ।

    ‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ । तर, हामी प्रयोगकर्तालाई सेवासुविधासँगै आकर्षक अफर पनि दिन्छौँ । हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने ।

    क्षितिजका अनुसार फेसबुक, एक्स जस्ता प्लेटफर्म तीन महिनामा तयार गर्न सकिन्छ । आफ्नो देशको डेटा आफैँ कहाँ सुरक्षित राख्ने भए आफू जस्ता युवालाई सरकारले सघाउनु पर्ने उनको भनाइ छ । वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ । उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    Post Views: 248
    • Kala Saili
    • Nepali Social Media WEETOK
    • Weetok
    • Weetok News
    प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार १३:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.