कलाशैली संवाददाता । निर्देशक नितेश तिवारीको महत्वाकांक्षी फिल्म ‘रामायण’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले एक भिडियोमार्फत फिल्म बन्ने र यसमा रहने कलाकारको बारेमा जानकारी दिएका हुन् । यो फिल्म ८०० करोडको विशाल बजेटमा निर्माण हुँदैछ र यसलाई दुई भागमा रिलिज गरिनेछ । पहिलो भाग सन् २०२६ को दिवालीमा र दोस्रो भाग सन् २०२७ को दिवालीमा दर्शकमाझ आउने पक्का भएको छ ।
पहिलो भागको करिब ३ मिनेट लामो भिडियो सार्वजनिक गरिएको छ, जसमा रणवीर कपूर र यशलाई देखाइएको छ। नमित मल्होत्राद्वारा निर्मित यो फिल्ममा रणवीर कपूरले राम, साई पल्लवीले सीता र साउथ सुपरस्टार यशले रावणको भूमिका निभाएका छन् । यो फ्रेन्चाइजले दर्शकलाई वर्षभरि उत्साहित बनाउने अपेक्षा गरिएको छ ।