कलाशैली संवादाता । अभिनेता विजय बरालको शीर्ष भूमिकामा रहेको दोस्रो फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हलबाट उत्रिएको छ । गएको भदौ ६ बाट प्रदर्शनमा आएको यो फिल्म बक्स अफिसमा असफल भएको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मको लाइफटाइम ग्रस कलेक्सन जम्मा १ करोड २३ लाख ८२ हजार मात्रै रहेको छ ।
विजयले पहिलो पटक शीर्ष भूमिकामा अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपाली फिल्म इतिहासमै कीर्तिमानी व्यापार गरेको थियो । उक्त फिल्मले ४६ करोड ८७ लाखभन्दा बढीको व्यापार गरेको थियो । यो सफलतापछि विजयले ‘जनै हराएको मान्छे’ साइन गरेका थिए । तर, यो फिल्मको व्यापार पहिलो फिल्मको तुलनामा निकै कम रहेको छ ।





