• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

परेशको पुनरागमनसँगै ‘हेरा फेरी ३’ को निर्माण सुरु हुने

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १६:४४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता परेश रावल फिल्म ‘हेरा फेरी ३’ मा फर्किएसँगै यसको निर्माण कार्य सुरु हुने भएको छ । परेश स्वयंले हालै एक पोडकास्टमा यो कुराको पुष्टि गरेका हुन् । यसअघि उनी फिल्मबाट बाहिरिएपछि सम्पूर्ण काम रोकिएको थियो, जसले गर्दा फिल्मको भविष्य अन्योलमा परेको थियो । परेश रावलले हिमांशू मेहताको पोडकास्टमा आफू र फिल्मको टिमबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।

    उनले भने, ‘मलाई लाग्छ जब मानिसहरूलाई कुनै कुरा यति धेरै मन पर्छ, तब तपाईं थप सावधान र गम्भीर हुनुपर्छ । दर्शकहरूप्रति हाम्रो केही जिम्मेवारीहरू छन् । दर्शकहरूले धेरै मन पराएका छन् भने तपाईंले चीजहरूलाई हल्का रूपमा लिनु हुँदैन । अझ मेहनत गरेर दर्शकहरूलाई आफ्नो हक दिनुपर्छ ।’

    परेशले ‘हेरा फेरी’ को टिम एकदमै रचनात्मक रहेको र यसैले आफू फेरि फिल्ममा जोडिन तयार भएको बताएका छन् । फिल्ममा परेशले चर्चित पात्र बाबू राव गणपत राय आप्टेको भूमिका निभाउनेछन् भने अक्षय कुमार र सुनिल सेट्टी पुरानै पात्र राजु र श्याम को भूमिकामा देखिनेछन् । यसको अघिल्ला दुई शृङ्खलामा उनीहरूको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए ।

    परेशले ‘हेरा फेरी ३’ छाडेपछि यसका निर्मातासमेत रहेका अक्षय कुमारले भारु २५ करोड क्षतिपूर्तिको माग गर्दै उनीविरुद्ध अदालतमा मुद्दा हालेका थिए । अक्षय स्वयंले एक अन्तर्वार्तामा परेशसँग चलिरहेको आफ्नो मुद्दा एकदमै गम्भीर रहेको र त्यो अदालतबाट सुल्झिने बताएका थिए । अन्ततः लामो छलफलपछि परेश फिल्ममा फर्किएका छन् । ‘हेरा फेरी ३’ प्रियदर्शन को निर्देशनमा बन्नेछ ।

    Post Views: 214
    • Hera Pheri 3
    • Kala Saili
    • Kala Saili News
    • Paresh Rawal
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १६:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फ्लप हुने बाटोमा ‘दे कल हिम ओजी’
    ओटीटीमा पनि आक्रामक ‘सैयारा’
    नेटफ्लिक्समा ‘द ब्याड्स अफ बलिउड’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.