कलाशैली संवाददाता । अभिनेता शाहरुख खानका छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ निर्देशन गर्ने खबरदेखि नै यसको चर्चा चुलिएको थियो । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त भिडिओमा भारतीय सिरिज उद्योगमा हुने घटनाक्रमलाई देखाईएको छ । विशेषत बलिउडमा एउटा कलाकारले स्टारले बन्न गर्ने सङ्घर्षलाई उक्त सिरिजमा देखाइएको छ । यो सिरिज सेप्टेम्बर १८ देखि स्ट्रिमिङ भइरहेको छ । पछिल्ला वर्षहरूमा सर्वाधिक प्रतीक्षा गरिएको सिरिजका रुपमा यसलाई हेरिएको छ ।
आर्यनको निर्देशकीय डेब्यु भएकाले ‘द ब्याड्स अफ बलिउड’ ले सर्वाधिक चर्चा पाएको हो । आर्यनको डेब्यु निर्देशन भएकाले उक्त सिरिजमा सलमान खान, रणवीर सिंह, रनबीर कपूर, इमरान हास्मी, एसएस राजामौली, सारा अली खान, इब्राहिम अली खान, करण जोहर जस्ता कलाकारले समेत छोटो भूमिकामा अभिनय गरेका छन् । यस सिरिजमा पहिलो पटक तीन खानले अभिनय गरेका छन् । सिरिजमा सलमानसँगै आमिर खान र शाहरुख खानले समेत अतिथि भूमिका निर्वाह गरेका छन् ।

रेड चिलीज इन्टरटेन्मेन्टको ब्यानरमा गौरी खानद्वारा निर्मित यो सिरिजमा लक्ष्य, साहेर बाम्बा, मोना सिंह, राघव जुयाल, बबी देओल, मनोज पहवा, मनीष चौधरी, अन्या सिंह, विजयन्त कोहली, रजत बेदी, गौतमी कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।





