कलाशैली संवाददाता । अहान पाण्डे र अनित पड्डा स्टारर रोमान्टिक फिल्म ‘सैयारा’ले हलमा मात्र नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि कीर्तिमान रचेको छ । यो फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिने गैरअंग्रेजी फिल्म बनेको छ र शीर्ष १० सूचीको पहिलो स्थानमा छ ।
यो २ घण्टा १० मिनेट लामो फिल्मलाई १२ सेप्टेम्बर २०२५ मा नेटफ्लिक्समा रिलिज गरिएको थियो । मोहित सुरी निर्देशित यो फिल्म रिलिजको ५ दिनमै शीर्ष स्थानमा पुगेको थियो । विश्वप्रसिद्ध ओटीटी प्लेटफर्ममा देखिएको यो क्रेज आफैंमा अभूतपूर्व छ । नेटफ्लिक्सको आधिकारिक डाटा प्लेटफर्म टुडुमका अनुसार, ‘सैयारा’ले ३.७ मिलियन भ्यूज र ९.३ मिलियन घण्टा हेराइ प्राप्त गरेको छ ।
हलमा रिलिज हुँदा यो फिल्मले विश्वव्यापी रूपमा ५ सय ७७ करोड रुपैयाँ कमाएको थियो, जसले यसलाई २०२५ को दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म र भारतीय सिनेमाको सर्वाधिक कमाउने रोमान्टिक फिल्म बनायो । फिल्मको कथा एक प्रतिभाशाली संगीतकार र भावुक लेखिकाको प्रेममा आधारित छ, जसलाई उनको प्रारम्भिक अल्जाइमर रोगले चुनौती दिन्छ ।





