• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

एकदेवसँग नेहाको ‘झिम झिम’ (भिडियो)

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १७:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली गायक एकदेव लिम्बु र बलिउड गायिका नेहा कक्कर को सहकार्यमा तयार भएको हिन्दी संस्करणको गीत ‘झिम झिम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा हिन्दी र नेपाली शब्दको सुन्दर मिश्रण देख्न सकिन्छ, जहाँ नेहाले हिन्दीमा गाएकी छिन् भने एकदेवले आफ्नो विश्वव्यापी हिट नेपाली गीत ‘झिमझिमाउने आँखा’ को नेपाली संस्करणलाई नै निरन्तरता दिएका छन्। यो ‘म्यासअप’ ले दुई भाषा र दुई कलाकारलाई एकसाथ जोड्ने सफल प्रयास गरेको छ।

    सार्वजनिक भिडियोमा चर्चित भारतीय कलाकारहरू ऋत्विक साहोर र प्रिया प्रकाश वारिअर ले अभिनय गरेका छन्। भव्य महलमा भइरहेको विवाहको सेटिङमा भिडियो छायांकन गरिएको छ, जसले यसलाई निकै आकर्षक बनाएको छ।

    स्मरण रहोस्, ‘झिमझिमाउने आँखा’ एकदेव लिम्बुको विश्वव्यापी रूपमा सफल गीत हो, जुन युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको थियो। यो गीत स्पोटिफाईमा भारतका ५० भाइरल गीतको सूचीमा पनि अटाएको थियो। यस गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पा ले समेत अभिनय गरेकी थिइन्।

    Post Views: 308
    • Ekdev Limbu
    • Jhim JHim
    • Jhimjhimaune
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Neha Kakkar
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १७:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘राई : दि जर्नी बिगन्स’ मा के छ ?
    ‘हल्का हल्का’ मा यशसँग स्मिता
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.