• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘राई : दि जर्नी बिगन्स’ मा के छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन ११, शनिबार २१:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अष्ट्रेलियामा साङ्गीतिक यात्रा अघि बढाइरहेका गायक राईले दसैँको अवसरमा नयाँ गीत ‘राई : दि जर्नी बिगन्स’ सार्वजनिक गरेका छन् । सिद्धार्थ राई नाम भए पनि आफूलाई ‘राई’का रूपमा मात्र चिनाउन रुचाउने उनले यो गीतमा आफ्नो जीवनकथा समेटिएको बताएका छन् । ‘राई सधैँ राई, हामी नेपाली दाजुभाइ’ नारासहित उनले आफ्नो साङ्गीतिक ब्रान्डिङ अघि बढाएका छन् ।

    नेपाली सङ्गीतलाई विश्वस्तरीय बनाउने लक्ष्य बोकेका राईले यो गीत सात देशमा रेकर्ड गरेका थिए । अमेरिका, युरोप हुँदै अष्ट्रेलियामा रेकर्ड भएको संस्करण चित्तबुझ्दो लागेपछि उनले यही रेकर्ड सार्वजनिक गरेका हुन् । गीत निर्माणमा ५० हजार डलर खर्च भएको राईले बताए । उनले नेपाली सङ्गीतलाई विश्वमाझ पुर्‍याउन गुणस्तरीय काम गरिरहेको पनि उल्लेख गरे ।

    अष्ट्रेलियामै खिचिएको म्युजिक भिडियोमा त्यहाँका सडक र कन्सर्टको माहोल समेटिएको छ । राईले यसअघि दर्जनौँ गीत सार्वजनिक गरिसकेका छन्, जसलाई उनले सधैँ ‘राई’ सँग जोडेर प्रस्तुत गर्छन् । परदेशमा रहेर पनि नेपालसँग जोडिन रुचाउने उनको गीतले यही भावनालाई आत्मसात गरेको छ ।

    Post Views: 495
    प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार २१:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘हल्का हल्का’ मा यशसँग स्मिता
    रोजमनले दिए फिल्मको गीतमा स्वर
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.