कलाशैली संवाददाता । हलिउडको चर्चित एक्सन फिल्म श्रृंखला ‘मिसन इम्पोसिबल’ को बहुप्रतीक्षित अन्तिम फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ अब एक हप्ता अगाडि प्रदर्शनमा आउने भएको छ । यसअघि मे २४ मा रिलिज हुने भनिएको यो फिल्म अब मे १७ अर्थात् जेठ ३ गतेदेखि दर्शकले हेर्न पाउने भएका छन् ।
टम क्रूज अभिनीत यो फिल्ममा उनले आइएमएफ एजेन्ट इथन हन्टको भूमिकालाई निरन्तरता दिएका छन् । अमेरिका र रुसबीचको तनावलाई कथाको पृष्ठभूमि बनाइएको यो फिल्ममा इथन हन्टले संसारलाई कसरी जोगाउँछन् भन्ने देखाइनेछ । यसअघिको श्रृंखला ‘डेड रेकोनिङ’ मा शक्तिशाली एआई ‘द इन्टिटी’लाई रोक्न इथनको संघर्षलाई देखाइएको थियो ।
टम क्रूजले यस फिल्ममा दर्शकले अपेक्षा गरेभन्दा पनि धेरै रोमाञ्चक एक्सन दृश्यहरू समावेश गरिएको बताएका छन् । पानीमुनिको पनडुब्बी दृश्य र विमानबाट झुन्डिएको उनको खतरनाक स्टन्टले दर्शकलाई रोमाञ्चित बनाउने विश्वास गरिएको छ । यो फिल्मले सुस्ताएको हलिउड बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।
#MissionImpossible – The Final Reckoning now releases early in India.
New date – 17th May.
Releasing in English, Hindi, Tamil & Telugu! pic.twitter.com/rUkNCtoEic— Paramount India (@ParamountPicsIN) April 25, 2025