• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

डिजाइनर / मेकअप आर्टिस्ट ज्योती केसी

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १२:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । मेकअप आर्टिस्टकै रुपमा सक्रिय रहेर आफ्नो परिचय फाराकिलो पारिरहेकी ज्योती केसीको सक्रियता पछिल्लो समय फिल्ममा समेत बढेको छ । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण फेसनको दुनियाँमा नोटिस भएकी ज्योती पछिल्लो समय फिल्मको मेकअप आर्टिस्टका रुपमा सक्रियता बढाईरहेकी छिन । अभिनेता राजेश हमालको कमब्याक भनिएको फिल्म ‘नरसिंहा अवतार’ मा मेकअप आर्टिस्टको रुपमा काम गरेकी ज्योतीले भारत पुगेर चण्डीगढमा रहेको ‘इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइन’ बाट फेसन डिजाइनिङ स्नातक गरेकी हुन् ।

    उनले त्यहाँ फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षासमेत लिइन् । पोस्ट ग्र्याजुएसन सकेपछि केसीले उनीसँगै शिक्षा लिएका साथीहरू भारतकै बलिउडतर्फ लाग्दा उनी स्वदेशमा नै केही गर्छु भन्दै नेपाल फर्किएकी हुन् ।

    ‘फेसनसँगै स्किनआर्टको शिक्षा लिएपछि आफ्नै देशमा त्यसलाई सदुपयोग गरिरहेकी छु । कलाकारलाई फोटोशुटका लागि तयार गर्ने क्रममा समेत धेरै सिक्न पाएकी छु । अहिले महानायक राजेश हमालको कमब्याक फिल्ममा जोडिन पाउँदा यसलाई अवसरसँगै चुनौतीको रुपमा लिएकी छु’, उनले भनिन् ।

    अभिनेता हमाललाई नयाँ अवतारमा तयार गर्ने जिम्मेवारी पाएकी ज्योतीले अभिनेता प्रदीप खड्का, अभिनेत्री बेनिशा हमाल, मलिका महत, परिक्षा लिम्बु, कुशुम शर्मा, सनिशा भट्टराई, कविता नेपाली लगयातसँग गरेको काम र फोटोको चर्चा ग्लामर क्षेत्रमा छ । उनले टेलिभिजन कमर्सियल, पत्रपत्रिकाको लागि फोटोशुट, अनलाइन पोर्टलको लागि गरिएको फोटोशुटमा फोटो पत्रकार कुवेर डङ्गोलसँग सहकार्य गरेकी छिन् ।

    ‘टिभीसी र फोटोशुटमै काम गरेर सङ्गालेको अनुभवका कारण मैले फिल्मसम्म काम गर्ने अवसर पाएकी छु । सौन्दर्यका काममा आउँदो पुस्ता अनुभवसँगै शिक्षा लिएर आउनुपर्छ भन्ने मेरो बुझाई हो, यसले हामीलाई थप व्यावसायिक बनाउँछ’, ज्योतीले भनिन् ।

    चन्द्रागिरी नगरपालिका मातातीर्थमा बस्ने ज्योतीले सन् २०१७ मा ‘मिस्टर एण्ड मिस मोडेल लाइक अ स्टार’ नामक ब्युटी प्याजेन्टमा सहभागी हुँदै फेसन क्षेत्रमा पाइला टेकेकी थिइन् । मेकअप आर्टिस्टसँगै उनले फेसन डिजाइनमा समेत आफूलाई स्थापित गर्ने क्रममा छिन् । उनले अभिनेत्री मलिका महत, परिक्षा लिम्बु, कुशुम शर्मा, सनिशा भट्टराईको फोटो र भिडियोको लागि ड्रेस डिजाइन समेत गरेकी छिन् । नेपालमा सन् २०१९ देखि फेसन र मेकअपमा सक्रिय ज्योतीले काठमाडौँको अनामनगरमा ‘जावेरिया मेकअप स्टुडियो’ सञ्चालन गरिरहेकी छिन् ।

    फोटो : कुवेर डंगोल

    Post Views: 767
    • Jyoti KC
    • Kala Saili
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १२:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिव भक्ति र प्रेमलाई तस्बिरमा प्रस्तुत गर्दै ज्योति
    प्रदीपलाई ‘प्रोत्साहन पुरस्कार’ (फोटो फिचर)
    उपासना बनिन् ‘सर्वोत्कृष्ट अभिनेत्री’ (फोटो फिचर)
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.