• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki Dinesh Dc saugat malla Miruna Magar Rajesh Hamal Film Development Board Nepal Kala Saili Music

डिजाइनर / मेकअप आर्टिस्ट ज्योती केसी

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार १२:५८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । मेकअप आर्टिस्टकै रुपमा सक्रिय रहेर आफ्नो परिचय फाराकिलो पारिरहेकी ज्योती केसीको सक्रियता पछिल्लो समय फिल्ममा समेत बढेको छ । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण फेसनको दुनियाँमा नोटिस भएकी ज्योती पछिल्लो समय फिल्मको मेकअप आर्टिस्टका रुपमा सक्रियता बढाईरहेकी छिन । अभिनेता राजेश हमालको कमब्याक भनिएको फिल्म ‘नरसिंहा अवतार’ मा मेकअप आर्टिस्टको रुपमा काम गरेकी ज्योतीले भारत पुगेर चण्डीगढमा रहेको ‘इन्डियन इन्स्टिच्युट अफ फेसन डिजाइन’ बाट फेसन डिजाइनिङ स्नातक गरेकी हुन् ।

    उनले त्यहाँ फेसनसँगै मेकअप र स्किन आर्टको शिक्षासमेत लिइन् । पोस्ट ग्र्याजुएसन सकेपछि केसीले उनीसँगै शिक्षा लिएका साथीहरू भारतकै बलिउडतर्फ लाग्दा उनी स्वदेशमा नै केही गर्छु भन्दै नेपाल फर्किएकी हुन् ।

    ‘फेसनसँगै स्किनआर्टको शिक्षा लिएपछि आफ्नै देशमा त्यसलाई सदुपयोग गरिरहेकी छु । कलाकारलाई फोटोशुटका लागि तयार गर्ने क्रममा समेत धेरै सिक्न पाएकी छु । अहिले महानायक राजेश हमालको कमब्याक फिल्ममा जोडिन पाउँदा यसलाई अवसरसँगै चुनौतीको रुपमा लिएकी छु’, उनले भनिन् ।

    अभिनेता हमाललाई नयाँ अवतारमा तयार गर्ने जिम्मेवारी पाएकी ज्योतीले अभिनेता प्रदीप खड्का, अभिनेत्री बेनिशा हमाल, मलिका महत, परिक्षा लिम्बु, कुशुम शर्मा, सनिशा भट्टराई, कविता नेपाली लगयातसँग गरेको काम र फोटोको चर्चा ग्लामर क्षेत्रमा छ । उनले टेलिभिजन कमर्सियल, पत्रपत्रिकाको लागि फोटोशुट, अनलाइन पोर्टलको लागि गरिएको फोटोशुटमा फोटो पत्रकार कुवेर डङ्गोलसँग सहकार्य गरेकी छिन् ।

    ‘टिभीसी र फोटोशुटमै काम गरेर सङ्गालेको अनुभवका कारण मैले फिल्मसम्म काम गर्ने अवसर पाएकी छु । सौन्दर्यका काममा आउँदो पुस्ता अनुभवसँगै शिक्षा लिएर आउनुपर्छ भन्ने मेरो बुझाई हो, यसले हामीलाई थप व्यावसायिक बनाउँछ’, ज्योतीले भनिन् ।

    चन्द्रागिरी नगरपालिका मातातीर्थमा बस्ने ज्योतीले सन् २०१७ मा ‘मिस्टर एण्ड मिस मोडेल लाइक अ स्टार’ नामक ब्युटी प्याजेन्टमा सहभागी हुँदै फेसन क्षेत्रमा पाइला टेकेकी थिइन् । मेकअप आर्टिस्टसँगै उनले फेसन डिजाइनमा समेत आफूलाई स्थापित गर्ने क्रममा छिन् । उनले अभिनेत्री मलिका महत, परिक्षा लिम्बु, कुशुम शर्मा, सनिशा भट्टराईको फोटो र भिडियोको लागि ड्रेस डिजाइन समेत गरेकी छिन् । नेपालमा सन् २०१९ देखि फेसन र मेकअपमा सक्रिय ज्योतीले काठमाडौँको अनामनगरमा ‘जावेरिया मेकअप स्टुडियो’ सञ्चालन गरिरहेकी छिन् ।

    फोटो : कुवेर डंगोल

    Post Views: 394
    • Jyoti KC
    • Kala Saili
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार १२:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)
    तेरिया : डान्सपछि शो होस्ट र फिल्ममा अभिनय
    ‘के घर के डेरा : घर नं. २’ प्रिमियर
    Advertisement
    ताजा अपडेट
    • १. विवाहको योजनाबारे के भन्छन् विजय र रश्मिका ?

    • २. ‘हेरा फेरी ३’ परेश रावलले छाडेका हुन् ?

    • ३. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • ४. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ५. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.