कलाशैली संवाददाता । नेपाली फिल्म ‘दुई नम्बरी’ मा अभिनय गरेकी अभिनेत्री उगेन छोदेन भुटानकी कलाकार हुन् । अभिनेता आकाश श्रेष्ठसँगै हलाई एक भिडियोमा अभिनय गरेकी अभिनेत्री छोदेन छिटै एक फिल्ममा समेत अभिनय गर्दैछिन् । उनी नेपाली फिल्ममा देखिदा आफूलाई खुसी मिल्ने बताउछिन् । उनको फिल्म यो वर्ष दर्शकले हेर्न पाउने बताउछिन् ।
पछिल्लो नेपाल भ्रमणका क्रममा फोटो पत्रकार कुवेर डंगोलले खिचेका यी तस्बिरहरुमा अभिनेत्री छोदेनसँगै काठमाडौँको सुन्दर दृश्य पनि देखिएको छ । उक्त फोटोका लागि अभिनेत्री छोदेनलाई सुन्दर बनाउन ज्योती केसीले शृंगार गरेकी हुन् ।
फोटो : कुवेर डंगोल
शृंगार : ज्योती केसी