• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘मिस युनिभर्स नेपाल २०२५’ बनिन् सान्या

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन १०, शुक्रबार १५:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘मिस युनिभर्स’को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार सम्पन्न ग्रान्ड फिनालेमा १४ सुन्दरीबीचको प्रतिस्पर्धाबाट सान्या विजेता बनेकी हुन् । फिनालेमा आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए ।

    विजेता सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहार प्राप्त गरिन् । उनले आगामी २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । विजेता बनेपछि मिडियासँग कुरा गर्दै सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण पर्यटन क्षेत्रमा परेको असरबारे चर्चा गरिन् ।

    उनले विदेशी पर्यटकलाई नेपाल शान्त भइसकेको सन्देश दिने र मिस युनिभर्समा नेपालको पर्यटन क्षेत्रसहित विविध पक्षको प्रवर्द्धन गर्ने बताइन् । मिस युनिभर्स नेपाल २०२५ की राष्ट्रिय निर्देशक संगीता पुरीले विजेताहरूलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने विश्वास व्यक्त गरिन् । ग्लोबल ग्ल्यामर भेन्चरले विगत केही वर्षदेखि नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    Post Views: 140
    प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार १५:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.