• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘मिष्टर नेपाल २०२५’ को खोजी सुरु

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १५, बुधबार १९:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल २०२५’ को खोजी सुरु भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले देशभरका विभिन्न सहरहरूमा छनोट चरणका फिजिकल अडिसनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । इटहरी, जनकपुर, हेटौँडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज र काठमाडौँ लगायतका स्थानमा अडिसन सम्पन्न भइसकेका छन्।

    छनोट चरणमा सहभागी हुन नसकेका युवाहरूका लागि आयोजकले अन्तिम अवसर स्वरुप डिजिटल अडिसनको व्यवस्था गरेको छ। स्वदेशमा रहेका प्रतिस्पर्धीहरूले आगामी अगस्ट २ मा डिजिटल अडिसन दिन सक्नेछन् भने अमेरिकामा रहेका नेपाली युवाहरूका लागि अगस्ट ३ मा डिजिटल अडिसन हुनेछ। प्रतियोगिताको अमेरिका निर्देशक सन्दीप पोखरेल रहेका छन्। डिजिटल अडिसनपछि छनोट भएका प्रतिस्पर्धीहरूको नाम सार्वजनिक गरिनेछ र उनीहरूलाई अगस्ट ४ देखि विभिन्न प्रशिक्षणमा सहभागी गराइनेछ।

    यसपटक पनि नेक्स्ट मोडल्सले १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूलाई प्रतियोगितामा सहभागी हुन सक्ने प्रावधान राखेको छ। विश्वका जुनसुकै कुनामा रहेका ५ फिट ७ इन्चभन्दा माथि उचाइ भएका नेपाली नागरिकले यस प्रतियोगितामा सहभागी जनाउन सक्नेछन्।

    देशभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतियोगिताको अन्तिम तयारी कक्षामा पौडी, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, छोटो पदयात्रा (सर्ट हाइकिङ), क्याटवाक, व्यक्तित्व विकास, सार्वजनिक भाषण (पब्लिक स्पिकिङ) लगायतका दर्जनभन्दा बढी विषयको प्रशिक्षण हुनेछ। प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन्।

    प्रतियोगितामा ‘मिष्टर वल्र्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछन्। विजेताले ‘मिस्टर वल्र्ड २०२५’ वा ‘मिष्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वका साथै ५ लाख बराबरको पुरस्कार हात पार्नेछन्। प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकार ले गर्नेछन्। युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता सन् २००१ देखि नियमित आयोजना हुँदै आएको छ। यो पुरुषहरू सहभागी हुने नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो।

    Post Views: 360
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार १९:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा
    ‘मिस युनिभर्स नेपाल २०२५’ बनिन् सान्या
    लुनाको शिरमा ‘मिस नेपाल २०२५’ को ताज
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.