• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

जोगिन्दरले ल्याए ‘मिसन नौटंकी’

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण ९, बिहीबार ०८:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गाईजात्राको रौनक नजिकिँदै गर्दा हास्यकलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले नेताहरूमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै नयाँ गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक यो प्रस्तुतिमा भ्रष्टाचार र नेताहरूका गलत कार्यलाई मुख्य विषय बनाइएको छ ।

    ‘मिसन नौटंकी’ले पछिल्लो समय नेताहरूले चर्चामा ल्याउने ‘मिस चौरासी’ जस्ता विषयलाई नौटंकीको रूपमा प्रस्तुत गर्दै तिखो व्यङ्ग्य गरेको छ । नेताहरूको व्यवहार र सामाजिक विकृतिमाथि प्रहार गर्दै दर्शकलाई हास्य-व्यङ्ग्यमार्फत मनोरञ्जन दिने उद्देश्यले यो कोसेली ल्याइएको रिजालले बताए।यो वर्षको प्रस्तुतिमा रिजालले हिट फिल्म ‘जात्रै जात्रा’को गीत ‘लाइदेउ माया पिरिम’मा प्यारोडी बनाएका छन् ।

    प्यारोडीमा रवि लामिछानेको जेल प्रकरण, नेताहरूको कार्यशैली, भ्रष्टाचार र लुटपाटका विषय समेटिएका छन्। सन् २०६१ देखि नियमित गाईजात्रे कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटंकी’ उनको २२औँ कोसेली हो । गत वर्ष उनले ‘लुछाचुडी’ प्रस्तुत गरेका थिए ।

    ‘मिसन नौटंकी’मा रिजालसँगै राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैँले गरेका छन् । गाईजात्रालाई हास्यकलाकारका लागि महत्त्वपूर्ण उत्सव मान्ने रिजालले यो वर्ष पनि दर्शक–स्रोताले आफ्नो कोसेलीलाई माया गर्ने विश्वास व्यक्त गरे । उनी अहिले राष्ट्रिय नाचघरको गाईजात्रे कार्यक्रमको तयारीमा जुटेका छन् ।

    Post Views: 220
    • Jogindar
    • Kala Saili
    • Kala Saili News
    • Shiva Shankar Rijal
    प्रकाशित मिति: २०८२ श्रावण ९, बिहीबार ०८:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.