• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रणवीर कपूर ‘धूम ४’ मा देखिने

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २१, मंगलवार १७:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय अभिनेता रणवीर कपूर बहुप्रतीक्षित फिल्म ‘धूम ४’ मा देखिने भएका छन् । रिपोर्टअनुसार यस फिल्ममा रणवीर पूर्णतया नयाँ र फरक लुकमा प्रस्तुत हुनेछन्, जसका लागि उनले तयारी सुरु गरिसकेका छन् । हालैका रिपोर्टहरूले दाबी गरेअनुसार ‘धूम ४’ अहिलेसम्म रिलिज भएका सबै ‘धूम’ फ्रेन्चाइजीका फिल्महरूभन्दा ठूलो र एक्सनले भरिपूर्ण हुनेछ ।

    भारतीय मिडिया पिन्कभिल्लामा छापिएको खबरअनुसार आदित्य चोपडा र श्रीधर राघवन ‘धूम ४’ को कथा र पटकथा तयार गर्न लागिपरेका छन् । उनीहरू हाल कथाको ड्राफ्टमा काम गरिरहेका छन् र यसका लागि रणवीर उपयुक्त भएको बताइएको छ ।

    फिल्ममा रणवीरको भूमिका उनको व्यक्तित्व सुहाउँदो बनाइएको छ । नयाँ ‘धूम’ फिल्मको एक्सन र कथाले यसलाई विश्वका उत्कृष्ट एक्सन फिल्महरूको स्तरमा पुर्याउने दाबी गरिएको छ । यो फिल्म यश राज फिल्म्सले यसअघि बनाएका जासूस युनिभर्स फिल्महरूभन्दा पूर्ण रूपमा फरक हुनेछ । फिल्मको छायांकन २०२६ को गर्मीयाम बाट सुरु हुने खबर छ ।

    यो घोषणापछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको प्रतिक्रिया आउन थालेको छ । कतिपयले रणवीर कपूर फिल्ममा सामेल भएकोमा खुसी व्यक्त गरेका छन् भने कसैले ऋतिक रोशनलाई फिल्ममा कास्ट गर्न माग गरेका छन् । ‘धूम’ फ्रेन्चाइजीका यसअघिका तीन फिल्म ‘धूम’, ‘धूम २’ र ‘धूम ३’ रिलिज भइसकेका छन् ।

    Post Views: 357
    • Dhoom 4
    • Kala Saili
    • Kala Saili News
    • Ranbeer Kapoor
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, मंगलवार १७:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.