• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

किन भाइरल भइरहेछ ‘भिजिट भिसामा’ ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २१, मंगलवार १६:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । राष्ट्रिय राजनीतिमा ‘भिजिट भिसा’ प्रकरण चर्किएसँगै हरिवंश आचार्य अभिनित ६ वर्ष पुरानो गीत ‘भिजिट भिसामा’ एकाएक भाइरल भएको छ । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर टिकटक र रिल्स बनाउनेको संख्या ह्वात्तै बढेपछि यसको युट्युब भ्यूज ४ करोड ९ लाख नाघेको छ ।

    गृहमन्त्री रमेश लेखकको सचिवालय ‘भिजिट भिसा’ प्रकरणमा संलग्न रहेको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका छन् । यो राजनीतिक माहोलमा फिल्म ‘दाल भात तरकारी’मा समावेश हरिवंश आचार्य र निरुता सिंह अभिनित ‘भिजिट भिसामा’ बोलको गीत अप्रत्याशित रूपमा चर्चामा आएको हो ।

    राजनीतिक घटनाक्रमसँगै यो गीतमा टिकटक र रिल्स बनाउने लहर चलेको छ। धेरै प्रयोगकर्ताले गीतलाई राजनीतिक मुद्दाहरूसँग जोडेर भिडियोहरू सिर्जना र सेयर गरिरहेका छन्, जसले गर्दा गीतको लोकप्रियतामा उल्लेख्य वृद्धि भएको छ ।

    सामाजिक सञ्जालमा गीतको चर्चासँगै युट्युबमा यसको भ्यूज संख्यामा पनि तीव्र वृद्धि देखिएको छ । यसैसाता मात्रै गीतको भ्यूज ४ करोड ९ लाख नाघेको छ, जसले भिजिट भिसा प्रकरणको प्रत्यक्ष प्रभाव गीतको लोकप्रियतामा परेको स्पष्ट पार्छ ।

    यति मात्र होइन, केही दिनअघि कोशी प्रदेशको सभामा माओवादी सांसदले यही गीत गाउँदै गृहमन्त्रीको राजीनामा मागेका थिए । यसले राजनीतिक वृत्तमा पनि गीतको चर्चा र प्रभावलाई थप पुष्टि गर्छ ।

    Post Views: 257
    • Hari Bansha Acharya
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Niruta Singha
    • Sudan Kc
    • Visit VIsa Ma Song
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, मंगलवार १६:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.