कलाशैली संवाददाता । हास्यव्यङ्ग्यमा चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहकार्यले वैशाख १४ गते ४५ वर्ष पूरा गरेको छ । ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा परिचित यो जोडीले नेपाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएको छ ।
यस अवसरमा कलाकार हरिवंश आचार्यले दर्शकको माया र पारिवारिक साथले नै यो लामो यात्रा सम्भव भएको बताए । कलाकार मदनकृष्ण श्रेष्ठले सहकार्यमा इमान्दारिता र सद्भाव आवश्यक रहेको औँल्याए । निर्देशक प्रदीप भट्टराईले मह जोडीलाई प्रेरणाको स्रोत मान्दै उनीहरूसँग काम गर्न पाउनु गौरवको कुरा भएको बताए ।
चार दशकभन्दा लामो समयदेखि एकसाथ काम गरिरहेको यो जोडी नेपाली कला क्षेत्रका लागि एक उदाहरण हो ।