कलाशैली संवाददाता । भारतीय अभिनेता आमिर खानले पौराणिक फिल्म ‘महाभारत’ बनाउन पुनः कस्सिएका छन् । केहि वर्ष यता उनले ‘महाभारत’ लाई ठूलो पर्दामा ल्याउने चर्चा चल्दै आएको छ । वर्षौंको योजनापछि अभिनेताले यसै वर्षदेखि नै यसमा काम सुरु गर्ने योजना बनाएको जनाएका हुन् ।
आमिरले निर्माणसँगै अभिनय पनि गर्ने भएका छन । ठुलो महत्वाकांक्षा मध्येको एउटा ‘महाभारत’लाई यसै बर्षवाट सुटिङमा लैजाने पनि घोषणा उनले गरेका छन् ।
उनका अनुसार यो धेरै भागमा बनाइनेछ । तर, निर्देशकको बारेमा उनले स्पष्ट रुपमा केही भन्ने सकेनन् । तर, सबै पार्ट एकै पटक फिल्म गर्ने योजना भएकाले धेरै निर्देशकले निर्देशन गर्न सक्ने उनको भनाई रहेको छ।
तर, यसै बर्ष सुटिङ सुरू गरे पनि फिल्मलाई फ्लोरमा लैजान भने केही वर्ष लाग्ने आमिरले बताएका छन् । अमिरका अनुसार ‘महाभारत’ को निर्माण लागत एक हजार करोड रहेको छ । त्यस अगाडि उनले आफ्नो फिल्म ‘सितारे जमिन पर’ को रिलिज गर्नेछन्, जुन स्पेनिश फिल्म ‘च्याम्पियन्स’ को हिन्दी रूपान्तरण हो । आर एस प्रसन्नाले निर्देशन गरेको यो फिल्म यही वर्षको जुन २० मा रिलिज हुनेछ ।