• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Dinesh Dc Bipin Karki saugat malla Rajesh Hamal Miruna Magar Kala Saili Gallery Film Development Board Nepal

शिवशंकरले ल्याए ‘जोगिन्दरको पान दुकान’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २३:०९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ पुनः सुरु गरेका छन् । हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत हुने यस कार्यक्रमको दोस्रो शृङ्खला गत बिहीबारदेखि प्रसारणमा आएको छ ।

    शिवशंकर बागमती टेलिभिजन एचडी र ओएसआर डिजिटलमार्फत कार्यक्रम प्रत्येक बिहीबार नियमित रूपमा प्रशारण हुने जानकारी दिएका छन् । ‘जोगिन्दर पानवाला’ को उपनामबाट परिचित भएका शिवशंकरले पुराना दर्शकहरूका साथसाथै नयाँ पुस्तालाई समेत लक्षित गरेर कार्यक्रमलाई सन्देशमूलक र मनोरञ्जनात्मक ढङ्गमा प्रस्तुत गर्ने बताए ।

    ‘पुराना शैलीलाई कायम राख्दै केही नयाँपन भर्ने कोशिस गरेको छु । म टेलिभिजनबाट केही समय टाढा बसेँ, तर मेलामहोत्सवहरूमा दर्शकले सोधेका प्रश्न र चासोले फेरि फर्कन प्रेरित गर्‍यो’, उनले भने ।

    कार्यक्रममा उनले पानवालाको भेषभूषा र मधेसी लवजमा पाहुनासँग संवाद गरेका छन् । पहिलो एपिसोडमा अभिनेता तथा टिकटकर पारसबम ठकुरी अतिथिको रूपमा उपस्थित भएका थिए । आगामी एपिसोडमा राजनीतिज्ञ चन्द्रकान्त (सिके) राउत अतिथि रहने हास्य कलाकार रिजालले जानकारी दिए ।

    उनले ‘जोगिन्दरको पान दुकान’ शीर्षकमा अघिल्लो पटक करिब ११ वर्षसम्म टेलिभिजन कार्यक्रम सञ्चालन गरिसकेका छन् । अब यस कार्यक्रमलाई थप व्यवस्थित र शृङ्खलाबद्ध रूपमा अगाडि बढाउने योजना रहेको पनि उनले बताए ।

    Post Views: 78
    • Jogindar
    • Jogindar Ko Pan Dukan
    • Shiva Shankar Rijal
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २३:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने
    तेरिया : डान्सपछि शो होस्ट र फिल्ममा अभिनय
    किन भावुक भइन् नीति ?
    Advertisement
    ताजा अपडेट
    • १. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • २. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    • ३. टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. नोरा फतेही आज नेपाल आउँदै

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.