• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

उगेनलाई आकाशको प्रश्न ‘माया के हो ?’

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र २६, मंगलवार २१:१७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । आज काठमाडौँ जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतका सङ्गीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेन उपस्थित थिए । प्रेमराज अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ । निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको बताए ।

    ‘यो गीत सुन्दा नै गुनगुनाई रहने किसिमको बनेको छ । गीतमा व्यक्त भएको प्रेम भावलाई भिडिओमा देखाउने कोसिस गरेको छु । दर्शकलाई एउटा फ्रेश केमेष्ट्री पनि हुनेछ’, उनले भने । सङ्गीतकार पोखरेलले पछिल्लो समय देखिएको रोमान्टिक गीतसङ्गीतको कमीलाई यस गीतले पुरा गर्ने बताए ।

    ‘पछिल्लो समय सामाजिक विषयवस्तुका फिल्म बढी बनिरहेको सन्दर्भमा कम रोमान्टिक गीत कम सुनिन थालेको छ । रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ । गीतको अडियो झैँ भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने ।

    अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडिओमा काम गरेको बताए । ‘म अहिले मेरो व्यवसायिक कामसँगै फिल्मकै कारण भिडिओमा पनि कम देखिएको छु । यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो । मेरो बीचको केहि ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने ।

    अभिनेत्री छोदेनले फिल्मपछि गीतमा काम गर्दा छुटै अनुभव सङ्गालेको बताइन । उनले ‘दुई नम्बरी’ फिल्मपछि भिडिओमा काम गरेकी हुन् । उनले अभिनेता श्रेष्ठ, निर्देशक खड्का लगायतले आफूलाई सहज बनाएको बताइन ।

    ‘मैले सहजताका साथ काम गरें । यो टिम निकै सरल र सहयोगी छन् । म फिल्मपछि गीतमा देखिन पाउँदा उत्साहित छु, म नेपाली फिल्म र गीतसङगीतमा काम गर्न सधै तयार छु । मैले नेपालबाट पाइरहेको माया अमुल्य छ, म कृतज्ञ छु’, उनले भनिन् ।

    ङागस्तो दोर्जी याङ्गजम निर्माण गर्नुभएको सार्वजनिक भिडिओमा हरी हुमागाईंको छायांकन, सुवास तिमल्सेनाको शृंगार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ । भिडिओ ङागस्तोकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    Post Views: 107
    प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार २१:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टेलर स्विफ्टले ८ वर्षपछि गरिन्, ‘लुक ह्वाट यु मेड मी डु’ रि-रिलिज
    ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !
    टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.