• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

उगेनलाई आकाशको प्रश्न ‘माया के हो ?’

  •  कलाशैली संवाददाता
  • २०८१ चैत्र २६, मंगलवार २१:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सङ्गीत । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । आज काठमाडौँ जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतका सङ्गीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेन उपस्थित थिए । प्रेमराज अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ । निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको बताए ।

    ‘यो गीत सुन्दा नै गुनगुनाई रहने किसिमको बनेको छ । गीतमा व्यक्त भएको प्रेम भावलाई भिडिओमा देखाउने कोसिस गरेको छु । दर्शकलाई एउटा फ्रेश केमेष्ट्री पनि हुनेछ’, उनले भने । सङ्गीतकार पोखरेलले पछिल्लो समय देखिएको रोमान्टिक गीतसङ्गीतको कमीलाई यस गीतले पुरा गर्ने बताए ।

    ‘पछिल्लो समय सामाजिक विषयवस्तुका फिल्म बढी बनिरहेको सन्दर्भमा कम रोमान्टिक गीत कम सुनिन थालेको छ । रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ । गीतको अडियो झैँ भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने ।

    अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडिओमा काम गरेको बताए । ‘म अहिले मेरो व्यवसायिक कामसँगै फिल्मकै कारण भिडिओमा पनि कम देखिएको छु । यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो । मेरो बीचको केहि ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने ।

    अभिनेत्री छोदेनले फिल्मपछि गीतमा काम गर्दा छुटै अनुभव सङ्गालेको बताइन । उनले ‘दुई नम्बरी’ फिल्मपछि भिडिओमा काम गरेकी हुन् । उनले अभिनेता श्रेष्ठ, निर्देशक खड्का लगायतले आफूलाई सहज बनाएको बताइन ।

    ‘मैले सहजताका साथ काम गरें । यो टिम निकै सरल र सहयोगी छन् । म फिल्मपछि गीतमा देखिन पाउँदा उत्साहित छु, म नेपाली फिल्म र गीतसङगीतमा काम गर्न सधै तयार छु । मैले नेपालबाट पाइरहेको माया अमुल्य छ, म कृतज्ञ छु’, उनले भनिन् ।

    ङागस्तो दोर्जी याङ्गजम निर्माण गर्नुभएको सार्वजनिक भिडिओमा हरी हुमागाईंको छायांकन, सुवास तिमल्सेनाको शृंगार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ । भिडिओ ङागस्तोकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    Post Views: 314
    प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार २१:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘राई : दि जर्नी बिगन्स’ मा के छ ?
    ‘हल्का हल्का’ मा यशसँग स्मिता
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.