• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

शिवशंकरले ल्याए ‘जोगिन्दरको पान दुकान’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २३:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ पुनः सुरु गरेका छन् । हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत हुने यस कार्यक्रमको दोस्रो शृङ्खला गत बिहीबारदेखि प्रसारणमा आएको छ ।

    शिवशंकर बागमती टेलिभिजन एचडी र ओएसआर डिजिटलमार्फत कार्यक्रम प्रत्येक बिहीबार नियमित रूपमा प्रशारण हुने जानकारी दिएका छन् । ‘जोगिन्दर पानवाला’ को उपनामबाट परिचित भएका शिवशंकरले पुराना दर्शकहरूका साथसाथै नयाँ पुस्तालाई समेत लक्षित गरेर कार्यक्रमलाई सन्देशमूलक र मनोरञ्जनात्मक ढङ्गमा प्रस्तुत गर्ने बताए ।

    ‘पुराना शैलीलाई कायम राख्दै केही नयाँपन भर्ने कोशिस गरेको छु । म टेलिभिजनबाट केही समय टाढा बसेँ, तर मेलामहोत्सवहरूमा दर्शकले सोधेका प्रश्न र चासोले फेरि फर्कन प्रेरित गर्‍यो’, उनले भने ।

    कार्यक्रममा उनले पानवालाको भेषभूषा र मधेसी लवजमा पाहुनासँग संवाद गरेका छन् । पहिलो एपिसोडमा अभिनेता तथा टिकटकर पारसबम ठकुरी अतिथिको रूपमा उपस्थित भएका थिए । आगामी एपिसोडमा राजनीतिज्ञ चन्द्रकान्त (सिके) राउत अतिथि रहने हास्य कलाकार रिजालले जानकारी दिए ।

    उनले ‘जोगिन्दरको पान दुकान’ शीर्षकमा अघिल्लो पटक करिब ११ वर्षसम्म टेलिभिजन कार्यक्रम सञ्चालन गरिसकेका छन् । अब यस कार्यक्रमलाई थप व्यवस्थित र शृङ्खलाबद्ध रूपमा अगाडि बढाउने योजना रहेको पनि उनले बताए ।

    Post Views: 287
    • Jogindar
    • Jogindar Ko Pan Dukan
    • Shiva Shankar Rijal
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    घरेलु बजारबाट उठ्छ त ‘माग्ने राजा’ को लगानी ?
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.