कलाशैली संवाददाता । दसैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन मध्ये फिल्म ‘माइतीघर’ व्यापार सबै भन्दा कम्जोर भएको छ । दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको उक्त फिल्मले घरेलु बजारमा न्यून व्यापार गरिरहेको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @सिनेपा’ एपमा देखिएको तथ्यांकअनुसार फिल्मले दोस्रो दिन केहि व्यापार बढाए पनि अन्य फिल्मको तुलनामा निकै कम्जोर छ ।
मिलन तामाङद्वारा निर्देशित र रोहित अधिकारीद्वारा निर्मित फिल्म ‘माइतीघर’ ले दुई दिनमा ३८ लाख ६३ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ । पहिलो दिन (असोज १३) १ सय ४४ शोबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १ सय ३० शोबाट १९ लाख ६७ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ। फिल्ममा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारको अभिनय रहेको छ । पछिल्ला वर्षहरूमा दसैँमा नेपाली फिल्मको व्यापार राम्रो हुने गरेको भए पनि यसपटक यी तीन फिल्मले अपेक्षित दर्शक तान्न नसकेको देखिन्छ ।





