• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

फिल्म निर्देशन गर्छु : केदार घिमिरे उर्फ ‘माग्ने बुढा’

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १७, मंगलवार २२:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली हास्य क्षेत्रमा ‘माग्ने बुढा’का रूपमा परिचित कलाकार केदार घिमिरे पछिल्लो समयका चर्चित र महँगा कलाकारमध्ये एक हुन् । रेडियोमा अन्तर्वार्ता लिने क्रमबाट अभिनयमा प्रवेश गरेका उनले टेलिशृङ्खला हुँदै ठूलो पर्दासम्म आफ्नो पहिचान बनाएका छन् । हाल उनी निर्माता र निर्देशकको पहिलो रोजाइमा पर्ने कलाकार बनेका छन् ।

    ‘छक्का पञ्जा’ फिल्म शृङ्खलाबाट ठूलो पर्दामा स्थापित घिमिरेका आगामी फिल्म ‘माग्ने राजा’ प्रदर्शनरत छ । पहिलोपटक फिल्ममा मुख्य अभिनेता बनेका केदारले आफ्नो लोकप्रियतालाई प्रमाणित गरेका छन् । भदौ ६ गतेदेखि प्रदर्शनरत फिल्मले राम्रो व्यापार गरिरहेको छ । घरेलुबजारमार्फत लगानी उठाएर डायस्पोरा र डिजिटल राइट्स वापतको आम्दानी मुनाफा हुने निर्माण पक्षको भनाइ छ ।

    केदार आउँदो दसैँमा ‘माइतीघर’ र तिहार ‘जेरी अन टप’ मा देखिदैछन् । अर्थात् भदौदेखि कत्तिकसम्म उनलाई दर्शकले भिन्न भिन्न फिल्ममा हेर्न पाउने छन् । यद्यपि, उनको ‘साइलेन्ट कमेडी’ फिल्ममा काम गर्ने सपना अझै पूरा भएको छैन ।

    ‘साइलेन्ट कमेडीले विश्वभर नेपाली कला र संस्कृति चिनाउन सकिन्छ, किनभने त्यसमा संवादको सट्टा अभिनयले बोल्छ । त्यसैले मलाई त्यस्तो विषयमा काम गर्न रहर छ’, उनले भने ।

    रेडियोबाट अभिनयसम्मको यात्राघिमिरेले रेडियोमा ‘हिजो आजका कुरा’ टेलिशृङ्खलाका कलाकारसँग अन्तर्वार्ता लिने क्रममा अभिनयप्रति आकर्षित भए । आफूले लेख्न सक्ने भएकाले पनि अवसर पाएको उनको बुझाइ छ । किनकि उनले कलाकारितासँगै लेखकको काममा पनि सघाउथे । सुरुआती दिनमा उनले ‘तीतो सत्य’ र ‘जिरे खुर्सानी’मा सानो भूमिका पाए । लेखकसमेत रहेका उनले ३० सेकेन्डको टेलिशृङ्खला र एक-दुई संवाद बोल्ने अवसरलाई पनि ठूलो माने ।

    ‘माग्ने बुढा’को जन्म ‘जिरे खुर्सानी’मा व्यवस्थापक र अभिनेताको दोहोरो भूमिका निर्वाह गरेका घिमिरेले ‘मेरी बास्सै’मा ‘माग्ने बुढा’ पात्रमार्फत दर्शकको मन जिते । ‘मेरो उमेर कम भए पनि बुढ्यौली व्यवहार र बोलीले ‘माग्ने बुढा’लाई जीवन्त बनाएँ’, उनले भने । यो पात्र दर्शकको जीवनसँग जोडिएकाले लोकप्रिय भएको उनको ठम्याइ छ ।

    ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’को उतारचढावपछि दीपकराज गिरीको प्रस्तावमा घिमिरे फिल्ममा प्रवेश गरे । ‘छक्का पञ्जा’ शृङ्खलाले उनलाई ठूलो पर्दामा स्थापित गरायो । हाल उनी ‘छक्का पञ्जा ५’सम्म टिमसँगै छन्, तर अन्य फिल्ममा पनि सक्रिय छन् ।

    लेखनमा सक्रिय घिमिरेले भविष्यमा फिल्म निर्देशन गर्ने योजना बनाएका छन् । ‘केही कथा लेखें, तर व्यस्तताले पूर्णता दिन सकिनँ । तर, भविष्यमा निर्देशक बन्छु’, उनले बताए ।

    राजनीतिमा रुचि नभएको बताउँदै उनले भने, ‘म कलाकार भएरै सबैलाई मनोरञ्जन दिन चाहन्छु ।’ सङ्घर्षको सन्देशखाली समयमा लेखन र सिर्जनात्मक काममा रमाउने घिमिरेले सङ्घर्षबाट धेरै कुरा सिकेको बताए । अभिनेता घिमिरेसँग ‘शैली शो’ का लागि गरिएको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।

    Post Views: 212
    • Kala Saili
    • Kala Saili News
    • Kedar Ghimire
    प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार २२:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.