• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दिनेशको ‘कुमारी’ मा अभिषेक र आकृति

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १४, शनिबार २२:१५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’ को निर्माण घोषणा गरेका छन् । शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । कार्यक्रममा मुख्य कलाकारको रूपमा अभिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो । गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को प्रस्तुतिले कार्यक्रममा थप रौनक थप्यो ।

    लिम्बुले यस फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गर्दै ‘कहाँ छौ’ गीत प्रस्तुत गरे । ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेम कथानक फिल्मका लागि परिचित छन् । यद्यपि, उनले ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित फिल्महरू पनि निर्देशन गरेका छन् । दर्शकको चाहनाअनुसार पुनः प्रेम कथामा फर्किएको राउतले बताए । उनले ‘कुमारी’ मार्फत नयाँ पुस्ता ‘जेन जी’ को प्रेम कथालाई पर्दामा उतार्दैछन् ।

    मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि समेटिएको यो फिल्मले नयाँ पुस्ताको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्नेछ । ‘कुमारी’ को निर्माण ‘पुजार सार्की’ अगाडि नै सुरु भएको भए पनि विभिन्न कारणले छायाङ्कन अब सुरु हुन लागेको हो । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।

    कथा विकास सुवेदीले लेखेका छन्। फिल्ममा अभिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको अभिनय रहनेछ।सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले दिएका छन् । केहरले सबै गीतमा स्वर भरेका छन् ।

    गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । फिल्मको छायाङ्कन यसै हप्तादेखि काठमाडौँमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना छ । डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछ ।

    छायाङ्कन निर्देशन सुसन प्रजापतिको छ । कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा र मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन् । अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन् ।

    Post Views: 251
    • Kala Saili
    • Kala Saili News
    • Kumari
    प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार २२:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.