• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

वीटकमा जोडिए अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु र सुस्मिता

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १३, शुक्रबार १५:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    प्रविधि । नेपालमा दर्ता भएको नेपाली सामाजिक सञ्जाल वीटक (साराश मिडिया ल्याब्स प्रा.लि.) ले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडिओमा अभिनय गर्नेछन् । दुवै डान्सरले विभिन्न अन्तर्राष्ट्रिय डान्स प्रतियोगितामा सहभागिता जनाउँदै आफूलाई विश्वभर परिचित गराईसकेका छन् ।

    वीटकको माउ कम्पनि साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदायसहित सम्पूर्ण कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए ।

    ‘हाम्रो एपमार्फत जोडेर उनीहरूको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौं । उनीहरूले तत्काल भुक्तानी पाउने वातावरण बनाएर नयाँ सिर्जनालाई प्रोत्साहन गर्नेछौं’, दाहालले थपे, ‘नोर्बु र सुस्मिताजस्ता अन्तर्राष्ट्रिय हिपहप कलाकारलाई नेपालमा सञ्जालमार्फत जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास गर्ने र विभिन्न क्षेत्रमा विस्तार गर्ने हाम्रो योजना छ ।’

    वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    Post Views: 371
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार १५:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.