• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘आ बाट आमा’ को छायांकन सुरु

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १३, शुक्रबार १४:४४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ को शुभ मुहूर्त बिहीबार तनहुँको गलेश्वर मन्दिरमा सम्पन्न भएको छ । करिब २ सय बटुकहरूले हवनसहित पूजाआर्चना गरी फिल्मको मुहूर्त गरिएको हो । निर्माण पक्षका अनुसार, फिल्मको छायांकन सोही दिनदेखि चितवनबाट सुरु भएको छ ।

    निर्देशक चन्द्र पन्तले छायांकन तालिका करिब एक महिनाको रहेको बताएका छन् । उनका अनुसार, चितवन, काठमाडौं र भारतको हैदरावादमा फिल्म खिचिनेछ । फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त र उषा उप्रेती मुख्य भूमिकामा छन् । मुहूर्त समारोहमा प्रदीप रावतसहित गजित बिष्ट, माओत्से गुरुङलगायतको उपस्थिति थियो ।

    निर्माता पक्षका अनुसार, ‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथालाई प्रस्तुत गर्नेछ । फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह छन् । छायांकन निर्देशन नवराज उप्रेतीले सम्हाल्नेछन् । संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिनेछन् भने मुख्य सहायक निर्देशक कुलदीप शर्मा छन् ।

    फिल्म २०८२ फागुन १५ बाट देशभर प्रदर्शनमा आउनेछ । निर्माण पक्षका अनुसार, फिल्मको विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डका लागि हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ भने नेपालमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

    Post Views: 189
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार १४:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.