• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कामेश्वर केन्द्रीत ‘अभिमन्यु : च्याप्टर-१’

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १३, शुक्रबार १४:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । स-साना भूमिकामा सिमित रहेका अभिनेता विजय बराललाई पहिलोपटक मुख्य भूमिका दिएर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माता पौडेलले यसपटक अर्का अब्बल कलाकार कामेश्वर चौरयासियालाई मुख्य भूमिका दिएका छन् । ‘रेशम फिलिली’ मार्फत दर्शकको प्रिय बनेसँगै फिल्मकर्मीको खोजीमा परेता पनि कामेश्वरले ‘सफलता’ ह्यान्डल गर्न नसकेपछि उनको विकल्पका रुपमा कलाकार रवीन्द्र झा उदाए । त्यसकारण कामेश्वरका लागि ‘अभिमन्यु : च्याप्टर १’ विजय झैँ परिवर्तन हुने फिल्म बन्न सक्नेछ ।

    क्राइम-थ्रिलर विधामा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् । प्रेम, अपहरण र फिरौतीको कथालाई समेट्दै तयार भएको ट्रेलरमा घरबारविहीन एक युवकले पैसाको लोभमा प्रेमको नाटक रचेर अपहरण गर्ने र फिरौती माग्ने कथावस्तु प्रस्तुत गरिएको छ।

    फिल्ममा कामेश्वरसँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलालगायतका कलाकारको अभिनय छ । सुशान्त गौतमको डेब्यु निर्देशन रहेको फिल्मको लेखन मुकेश खनालले गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा छन् ।

    Post Views: 110
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार १४:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.