• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘पूर्णबहादुरको सारङ्गी’ फाइदा कसलाई होला ?

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र ५, बिहीबार १२:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विभिन्न रेकर्ड बनाएको छ । घरेलु बजारमा मात्र ४७ करोडको ग्रस व्यापार गरेको उक्त फिल्मले नेपाल बाहिर पनि नेपाली फिल्मले गर्ने व्यापारमा नयाँ रेकर्ड बनायो । यो फिल्मबाट अभिनेता विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले एकाएक चर्चामा आए । मुलत उक्त फिल्म बन्नुमा यी तीन व्यक्ति नै महत्वपूर्ण थिएँ । उनीहरू सहभागिताले फिल्मलाई निर्माणमा बल पुगेको थियो ।

    यद्यपि, फिल्मको सफलतासँगै निर्देशक पौडेल र निर्माता पौडेल बीच सम्बन्ध हार्दिक हुन् सकेन । फिल्मको सिक्वेल घोषणा गर्दा पनि निर्देशक पौडेल दोहोरिएनन् । निर्माण समूह पनि दुई भागमा विभाजित भयो । निर्माता पौडेलसँगै अर्का निर्माता प्याट्रिक सुवेदीले दुई भिन्न कम्पनि निर्माण गरेर फिल्म निर्माण तथा वितरण गरिरहेका छन् ।

    रमाइलो कुरा के छ भने यी तीनै अलग भएर जोडिएको फिल्महरू यही भदौमा प्रदर्शन हुँदैछन् । अभिनेता बरालको मुख्य भूमिका रहेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते, निर्देशक पौडेलको निर्देशनमा तयार भएको र निर्माता सुवेदीको समूहले डायस्पोरा रिलिज गर्ने फिल्म ‘कोशेढुंगा’ भदौ १२ र निर्माता पौडेलको फिल्म ‘अभिमन्यू : च्याप्टर १’ भदौ २७ मा प्रदर्शन हुँदैछ ।

    गत वर्ष ऐतिहासिक सफलता हात पारेका यी तीनै व्यक्ति आ-आफ्नो योग्यता र क्षमताको परिक्षण गर्न दर्शकसामु पुग्दैछन् । भदौको पहिलोसाता प्रदर्शन हुने फिल्म ‘जनै हराएको मान्छे’ सम्बन्धका धागाहरू’ मार्फत अभिनेता बरालको लोकप्रियताको जाँच हुनेछ । ‘पूर्णबहादुरको सारङ्गी’ बाट उनको पनि स्टारडम बनेको होकी उक्त फिल्मको मात्र हो भन्ने तथ्य छुट्टिन अब केही दिन मात्र बाँकी छ ।

    आगामी शुक्रबारबाट प्रदर्शन हुने उक्त फिल्मको शो समेत प्रदर्शकले खुलाईसकेका छन् । यद्यपि, अग्रिम टिकट विक्री र बुकीङ उत्साहजनक देखिएको छैन । अर्थात् ‘पूर्णबहादुरको सारङ्गी’ को हिरो भनेर हलसम्म पुग्ने दर्शकको सङ्ख्या हुँदै नहुने होइन, तर न्यून हुने देखिएको छ । त्यसो त फिल्म कस्तो बनेको छ वा दर्शकले दिने रिभ्यूले पनि फरक नपार्ने होइन । तर, ऐतिहासिक ब्लकबष्टर फिल्मको लोकप्रियताको फाइदा भने अभिनेता बरालले मिडिया बाहेक हलमा पाउने सम्भावना न्यून देखिएको छ । तर, प्रदर्शन अगाडि नै फिल्मको बारेमा भन्न सकिने अवस्था भने छैन । किनकि ‘पूर्णबहादुरको सारङ्गी’ पनि प्रदर्शनको तेस्रो दिनदेखि दर्शकको प्रिय बनेको थियो । सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका अभिनेता बरालले पछिल्लो समय समान्तर वा मुख्य भूमिकामा छाइरहेका छन् । यद्यपि, उनको परिक्ष बल्ल सुरू हुँदैछ ।

    भदौ १२ गते प्रदर्शन हुने फिल्म ‘कोशेढुंगा’ निर्देशक पौडेलको निर्देशनमा तयार भएको फिल्म हो । ‘पूर्णबहादुरको सारङ्गी’ पछि उनले यसलाई निर्देशन गरेका हुन् । उनको लेखन तथा निर्देशनमा रहेको फिल्मबाट धेरै अपेक्षा हुनुपर्ने हो । तर, त्यस्तो हुनसकेको छैन । फिल्ममा सुरक्षा पन्त, ऋचा शर्मा, नीति शाह, आर्यन सिग्देल लगायतका कलाकार छन् । यी मध्ये अधिकाँस कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाएको पाइन्छ । तर, यो फिल्मलाई चर्चामा ल्याउन ‘पूर्णबहादुरको सारङ्गी’ कै निर्देशकको फिल्म भन्ने बाहेक अन्य विषय अगाडि आएको छैन । पछिल्लो फिल्मकै सफलताले यसलाई के कती फाइदा गर्छ ? यो भने आउँदो समयले बताउने नै छ । साथै, यसमा निर्माता तथा डायस्पोरा वितरक प्याट्रिक सुवेदी पनि जोडिएका छन् । उनको मार्गदर्शनमा निर्माण भएको फिल्म डायस्पोरामा ‘जारी २’ को स्टारडममा प्रदर्शन हुँदैछ । अर्थात् उनले ‘जारी २’ र ‘कोशेढुंगा’ सहित अन्त केही फिल्मको एकसाथ प्रदर्शन अधिकार विक्री गरिरहेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशकको फिल्म भनेर चासो देखाउने न्यून छन् ।

    यस्तै, भदौ २७ मा प्रदर्शन हुने ‘अभिमन्यू:च्याप्टर १’ मा निर्माता पौडेल छन् । ‘पूर्णबहादुरको सारङ्गी’ बनाउन उनकै जोडबल हावी थियो । यसपटक पनि उनले अभिनेता बराल झैँ कामेश्वर चौरासियासहित अभिनय गर्न सक्ने तथा बजारमा ‘सेलेबल फेस’ नभनिएका कलाकारलाई स्थान दिएका छन् । फिल्मको प्रचारप्रसार सोसल मिडिया केन्द्रीत गरिरहेका निर्माता पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ को फाइदा कती उठान सक्छन् ? यो हेर्न बाँकी छ ।

    एउटा फिल्मको सफलता ‘ह्यान्डल’ गर्न नसक्दा विभाजन भएका निर्माता र निर्देशक तथा ऐतिहासिक सफलता पश्चात मिडियामा स्टारडम बनाएका अभिनेता बरालले दर्शकले कत्तिको आकर्षित गर्न सक्छन्? वा फेरी सफलता दोहोर्याउन सक्छन् की सक्दैनन् ? यसको छिनोफानो यही भदौमै हुनेछ । तर, विडम्बना यी तीनै फिल्मको नत स्वदेश नत विदेश, दर्शकमा धेरै उत्साह देखिएको छैन । ‘अभिमन्यू : च्याप्टर १’ को प्रचारप्रसार सामग्री अझै हेर्न बाँकि नै छ । यद्यपि, दुई फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘कोशेढुंगा’ ले भने उत्साह जगाउन सकेको छौँ । ‘पूर्णबहादुरको सारङ्गी’ सफलताको फाइदा कसलाई होला ? यो भने हेर्न बाँकी छ ।

    Post Views: 235
    • Bijay Baral
    • Binod Poudel
    • Kala Saili
    • Kala Saili News
    • Saroj Poudel
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार १२:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.