• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

स्वर्गीय तुलसीप्रसाद भट्टराईको स्मृतिग्रन्थ लोकार्पण

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १, आईतवार १०:५५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सर्लाहीको हरिवन-८ निवासी स्व. तुलसीप्रसाद भट्टराईको स्मृतिमा लेखिएको पुस्तक ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ । शनिवार प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी-गणेश भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, स्व. भट्टराईकी धर्मपत्नी रत्नमञ्जरी भट्टराई, सर्लाहीका राजनीतिज्ञ तथा समाजसेवी विनोद खनाललगायतले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे ।

    वि.सं. १९९७ असार ४ मा ओखलढुंगामा जन्मिएका भट्टराईको २०८१ साउन १८ मा निधन भएको थियो । ओखलढुंगा र सर्लाहीमा समाज सुधारका कार्यमा योगदान पुर्याएका स्वर्गीय भट्टराईका स्मृतिमा उनका छोराहरू कुमार, अरुण र नरेशले तुलसी-गणेश भट्टराई स्मृति प्रतिष्ठान गठन गरी सामाजिक कार्य गरिरहेका छन् । स्वर्गीय तुलसीप्रसादका जेठा छोरा गणेशको २०७५ माघ १२ मा बारामा सवारी दुर्घटनामा निधन भएको थियो । स्मृतिग्रन्थमा तुलसीप्रसादका

    उक्त स्मृतिग्रन्थमा स्वर्गीय भटराईका १८ लेख र अन्य ४० लेखकका रचनाहरू समेटिएका छन् । ती रचनाले उनको सामाजिक योगदानलाई उजागर गर्ने उनका कान्छा छोरा एवं सञ्चारकर्मी नरेश भट्टराईले बताए । उनले भने, ‘पुस्तक पढेपछि अपरिचितका लागि पनि बा परिचित बन्नुहुन्छ । हाम्रो भट्टराई परिवारसँगै बासँग सामिप्यतामा रहनुभएकाले लेख्नुभएका लेखले अधिकांश विषय प्रस्ट्याएको छ । हामीले एउटा पुस्तकमार्फत बाले आफ्नो जीवनकालमा गर्नुभएको रचनालाई अभिलेखका रूपमा सङ्ग्रहित गरेका छौँ ।’

    उनले उक्त पुस्तक दुई सय ९४ पृष्ठको रहेको जानकारी दिए । उक्त पुस्तक डा तुलसी भट्टराई र डा होमप्रसाद भट्टराईले सम्पादन गरेका हुन् । पुस्तक लोकार्पण समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, गीतकार दिनेश अधिकारी, पूर्वमहान्यायधिवक्ता बद्रिबहादुर कार्कीलगायत उपस्थित थिए ।

    Post Views: 176
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १०:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.