• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘माइतीघर’ गीतमा नृत्य गर्दा ५ लाख पाइने

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २९, बुधबार २२:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दसैँको फूलपातीको अवसरमा असोज १३ बाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’को प्रचारप्रसार तीव्र गतिमा अगाडि बढेको छ । देशभरका हलहरूमा ठूला पोस्टर र विभिन्न स्थानमा होर्डिङ बोर्ड राखिएका छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैबीच, फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ ।

    भदौको पहिलो साता सार्वजनिक हुने गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर ओएसआर डिजिटलको इमेल osrdigitalnp@gmail.com मा आगामी भदौ २० सम्म पठाउनुपर्नेछ । ती भिडियो ओएसआरको युट्युब, फेसबुक र टिकटकमार्फत सार्वजनिक हुनेछन् । सर्वाधिक भ्यूज प्राप्त गर्ने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरी असोज १२ मा ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

    ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ । मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारको अभिनय छ ।

    फिल्मको कथा चन्द्रकुमार दोङको हो । सुशन प्रजापतिको डीओपी, रामशरण पाठकको पटकथा र संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, तथा अष्ट महर्जनको एक्सन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

    Post Views: 209
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ श्रावण २९, बुधबार २२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.