कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगमा उत्कृष्ट योगदानको कदर गर्न ‘एलजी ८औँ सिने सर्कल अवार्ड २०८२’ आगामी भदौ २६ गते हुने भएको छ । नेपाली फिल्मकर्मीलाई अवार्डले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।
सिने सर्कल नेपालद्वारा आयोजित यो समारोहमा २५ विधामा अवार्ड प्रदान गरिनेछ । सिने सर्कल नेपालका संरक्षक र चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी रहेको उक्त अवार्डमा नेपाली फिल्म उद्योगमा पर्दापछाडि निरन्तर योगदान पुर्याउनेलाई ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित गरिनेछ ।





