• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जलाकी’ मा उपासना र धिरज

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २०, सोमबार १९:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत वर्ष प्रदर्शित फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगरले नयाँ फिल्म ‘जलाकी’को निर्माण थालेका छन् । यो फिल्मको पहिलो चरणको छायांकन गत चैतमा सम्पन्न भएको थियो भने दोस्रो चरणको छायांकन असोज २१ बाट सुरु हुने तयारी छ । ‘जलाकी’मा अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता धिरज मगर र सोनम तोप्देनको अभिनय रहेको छ ।

    सोमबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको छ, जसमा धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । यो फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जलाकी’मा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर र खड्क बहादुर पुन (खबपु) लगायतका कलाकार छन् ।

    अन्य कलाकारको छनोट कार्य जारी रहेको निर्माण टिमले जनाएको छ । ‘जलाकी’ले मगर समुदायको आस्थाको प्रतीक ‘ढुंगाले चिनिएको स्तम्भ’को कथालाई प्रस्तुत गर्नेछ, जुन सम्झना र मायाको प्रतीक मानिन्छ । फिल्मको छायांकन तीन चरणमा रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा हुने निर्देशक थापाले बताए ।

    यो फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई उजागर गर्नेछ।एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । फिल्मको छायांकन शैलेन्द्र डी कार्कीले गर्नेछन् भने संगीत सरित राई र सुरेन्द्र रानाले दिनेछन् । गीत रचना राम अविरल विष्ट र सुरेन्द्र रानाको छ । लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी छन् ।

    Post Views: 216
    • Dheeraj Magar
    • Jalaki
    • Kala Saili
    • Kala Saili News
    • Upasana Singh Thakuri
    प्रकाशित मिति: २०८२ श्रावण २०, सोमबार १९:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.