• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

संस्कृतिदेखि सामाजिक परिवर्तनसम्म फिल्मको प्रभाव कस्तो छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १७, शुक्रबार २१:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म एक शक्तिशाली माध्यम हो, जसले भाषा, संस्कृति र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । ‘सफ्ट पावर’ को रूपमा चिनिने फिल्मले समाजको सोच र जीवनशैलीमा सूक्ष्म तर गहिरो प्रभाव पार्छ । अभिनेता खगेन्द्र लामिछानेले फिल्मको प्रभावबारे आफ्नो अनुभव सुनाए ।

    ‘मेरो परिवारका एक सदस्यले दक्षिण कोरियाली फिल्म हेरेर कोरियाली भाषा र शैली अँगालेका छन् । यो फिल्मको प्रभाव हो । फिल्मले मनोरञ्जन मात्र नभई कला, संस्कृति र भाषा संरक्षणमा ठूलो भूमिका खेल्छ’, उनले भने । नेपाली भाषा र संस्कृतिलाई स्वदेश र विदेशमा रहेका नयाँ पुस्तासम्म पुर्‍याउन फिल्म प्रभावकारी हुने उनको विश्वास छ ।

    यद्यपि, यसका लागि सरकारको नीति र प्रोत्साहन आवश्यक रहेको उनले बताए । अभिनेता हरिवंश आचार्यले भारतीय फिल्म र टेलिसिरियलको प्रभाव परिरहेको महसुश गरेका छन् ।

    ‘यी मिडियाले हाम्रो संस्कृति, भाषा र संस्कारमा असर पारेका छन् । उदाहरणका लागि, विवाह संस्कारमा देखासिकीले आर्थिक भार थपिएको छ’, उनले भने । उनले सरकारले फिल्म र टेलिसिरियललाई संस्कृति संरक्षणको माध्यम बनाउन सहयोगी नीति ल्याउनुपर्नेमा जोड दिए । निर्देशक पुर्णेन्दु झाले विदेशी फिल्महरूले आफ्नो इतिहास र गौरवशाली कथालाई प्रस्तुत गरेर दर्शकमा देशप्रेम जगाएको बताए ।

    ‘नेपालमा यस्ता विषयमा फिल्म कम बन्छन् किनभने प्रोत्साहनको कमी छ’, उनले भने । नयाँ पुस्ताको सोच निर्माणमा फिल्म, नाटक र टेलिसिरियलको भूमिका रहेको उनको बुझाइ छ ।

    फिल्मले मनोरञ्जनसँगै समाजको सोच, संस्कृति र जीवनशैलीमा प्रभाव पार्छ । दृश्य, संवाद र फेसनले दर्शकको मानसिकतामा असर गर्छ, जसले नयाँ सांस्कृतिक र सामाजिक प्रवृत्ति स्थापित गर्न सहयोग गर्छ । नेपालमा फिल्मलाई मनोरञ्जनको साधन मात्र नभई संस्कृति र इतिहास संरक्षणको माध्यम बनाउन राज्यको सहयोग आवश्यक छ ।

    Post Views: 376
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार २१:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.