• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘माग्ने राजा’ हाइप बढाउँदै ‘पैसा’ गीत

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १५, बुधबार २०:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म ‘माग्ने राजा’को गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरूपमा देखिएका छन् । टेलीफिल्ममा माग्नेको भूमिकामा रुचाइएका कलाकार घिमिरे यसपटक भिन्न अवतारमा प्रस्तुत छन् । निर्देशक ऋषि लामिछानेले फिल्मको कथा गीतको फेन्टासी वरिपरि घुमेको र माग्ने बुढाको नयाँ अवतार फिल्मको केन्द्रमा रहेको बताए ।

    ‘टिजर र लोकगीतमा केदारलाई पुरानै छविमा प्रस्तुत गरेका थियौँ, जसले कतिपय दर्शकलाई फिल्म पुरानै शैलीको हो कि भन्ने शंका थियो तर यो गीतसँगै हामी फिल्मको मुख्य मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदारलाई बिल्कुल नयाँ अवतारमा देख्नेछन्’, निर्देशक लामिछानेले भने ।

    यद्यपि, उनले फिल्मले कमेडी शैली नछाडेको स्पष्ट गरे।निर्माता मुनाल घिमिरेले फिल्मले हाँसोसँगै समसामयिक मुद्दालाई पनि समेट्ने प्रयास गरेको बताए । ‘हाँसो भन्दैमा सस्ता जोक छैनन् । हँसाउँदा-हँसाउँदै देशका समस्या र नागरिकका रूपमा समाधान पनि सुझाएका छौँ’, उनले भने ।

    निर्माण घोषणादेखि चर्चामा रहेको ‘माग्ने राजा’ भदौ ६ मा प्रदर्शन हुँदैछ । आक्रामक प्रचारमा उत्रिएको फिल्मले हालसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ ।

    मुनाल घिमिरेको निर्माणमा बनेको फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल लगायतको अभिनय छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत र सामीप्यराज तिमल्सेनाको कथामा फिल्म तयार भएको हो ।

    Post Views: 311
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार २०:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.