• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सिटामोल’ कस्तो फिल्म हो ?

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १४, मंगलवार २२:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । साउन २३ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘सिटामोल’ यतिबेला प्रचारप्रसारमा जुटेको छ । ट्रेलर, पोस्टर र विभिन्न प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो हाइप बनाएको यो फिल्मको टिम राजधानीमा आयोजित कार्यक्रमहरूमा सक्रिय छ । गएको सोमबार काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा फिल्मको कथा र उद्देश्यबारे जानकारी दिइयो ।

    निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ कर्णाली क्षेत्रको गरिबी बेच्न नभई त्यहाँका समस्याहरूको समाधान खोज्ने प्रयास भएको बताए । उनले गरिबी बेच्न खोजेका नभई, समस्या देखाएर समाधानको बाटो पहिल्याउन चाहेकोमा जोड दिए ।

    ‘मैले त्यहाँको पीडादायी यथार्थ भोगेको छु, त्यही अनुभव फिल्ममा उतारेको हुँ । हामीले समस्यासँगै समधान पनि दिएका छौँ’, उनले भने । अघिल्लो पुस्तामा नुन ल्याउन भेडाको सहारा लिनुपर्ने अवस्थादेखि अहिले बाटोघाटो र कृषिमा भएको सुधारसम्मको कर्णालीको कथा फिल्ममा देख्न पाइने निर्देशक सानेले बताए । उनका अनुसार, ‘सिटामोल’ मा विस्थापितहरूको पीडालाई सूक्ष्म रूपमा पर्दामा उतारिएको छ ।

    अभिनेत्री बेनिशा हमालले फिल्मले सम्बन्ध सुधारको सन्देश बोकेको बताइन् । ‘सामान्य सिटामोलले सबै रोग निको पार्दैन, तर हाम्रो ‘सिटामोल’ले सम्बन्धलाई बलियो बनाउन सिकाउँछ । आफ्नो मान्छेको साथले जीवन कस्तो हुन्छ, यो फिल्मले देखाउँछ’, उनले भनिन् ।

    अभिनेता सौगात मल्लले ‘सिटामोल’ शब्दलाई विम्बको रूपमा प्रयोग गरिएको बताए । आफूले खेलेका फिल्महरूमध्ये यो सबैभन्दा भावनात्मक रहेको उनको अनुभव छ । यो फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीले अभिनय गरेका छन् । श्रीकृष्ण र जानुकाले यो फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका छन्।तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा बनेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

    सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउ न्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

    Post Views: 473
    • Benisha Hamal
    • Cetaamol
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    प्रकाशित मिति: २०८२ श्रावण १४, मंगलवार २२:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.