• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो छ ‘सिटामोल’ को ट्रेलर ?

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण ९, बिहीबार ०८:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शन हुने फिल्म ‘सिटामोल’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेन्डको ट्रेलरमा कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले दर्शकको ध्यान खिच्ने संकेत गरेको छ । ट्रेलरमा नेपाली समाजका पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरबाही हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ ।

    गाउँले परिवेशमा आधारित मुख्य पात्रहरूले सामान्य समस्याको समाधानमा भोग्ने दुखलाई हास्य र गम्भीरताको मिश्रणमा देखाइएको छ । ट्रेलरले सामाजिक सन्देशलाई हास्यरससहित प्रस्तुत गरी दर्शकलाई हँसाउनुका साथै सोच्न बाध्य बनाउने संकेत गरेको छ । सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनयले ट्रेलरलाई थप आकर्षक बनाएको छ ।

    निर्देशक राज बहादुर सानेले व्यङ्ग्यात्मक शैलीमा फिल्मलाई सशक्त बनाएका छन् । सम्पादन र सिनेमाटोग्राफीले ग्रामीण परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । फिल्मले नेपाली समाजका दुख, विडम्बना र भ्रष्ट प्रणालीमाथि कटाक्ष गरेको ट्रेलरले देखाएको छ ।

    फिल्ममा सौगात र बेनिशासँगै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीले अभिनय गरेका छन् । श्री कृष्ण र जानुका यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

    तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता छन् ।

    बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउन्ड डिजाइन, देव र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन र विकास तामाङ तथा धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

    Post Views: 224
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ श्रावण ९, बिहीबार ०८:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.