• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

काजी र अञ्जनको संयुक्त निर्देशनमा ‘जदौ’ बन्ने

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २, बिहीबार २३:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली समाजमा व्याप्त जातीय भेदभाव र अन्तरजातीय प्रेमको कथालाई आधार बनाएर निर्माण हुने फिल्म ‘जदौ’को बिहीबार राजधानीमा औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रीति कौरद्वारा लिखित फिल्मको गीत वाचन गर्दा उपस्थित माहौल भावुक बनेको थियो ।

    ‘मान्छे-मान्छेको जात एउटै होइन र ?’ भन्ने भाव व्यक्त गर्ने चलचित्रको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन’ वाचन गर्दै फिल्मको टाइटल अनावरण गरे । अन्तरजातीय प्रेमसम्बन्धको यथार्थता प्रस्तुत गर्ने यो फिल्म काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने जानकारी दिइयो । भदौ पहिलो साताबाट दाङ र प्युठानका विभिन्न स्थानमा सुटिङ सुरु हुने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा तयार हुँदैछ । प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्म जातीय भेदभावविरुद्ध आवाज उठाउने उद्देश्यले बनाइएको बताइन् ।

    निर्देशक अञ्जन शर्माले समाजका यथार्थ घटनालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको उल्लेख गरे । लेखकसमेत रहेका काजी लिम्बूले आफूले वर्षौंदेखि भोगेका जातीय भेदभावका घटनालाई फिल्ममा समेटिएको बताउँदै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । अभिनेता मुकुन भुसाल र विनोद न्यौपानेले यो फिल्ममा नयाँ पात्र र भूमिका निर्वाह गर्ने बताए ।

    नीति शाहले आधुनिक भूमिकामा अभिनय गर्ने र विशेष तयारी गरिरहेको खुलासा गरिन्। प्रभातपालले गहन भूमिकाको लागि गम्भीर तयारी सुरु गरेको र करिअरको उचाइ बढ्ने विश्वास व्यक्त गरे । नवअभिनेत्री सन्ध्याले सिनियर कलाकारसँग स्क्रिन शेयर गर्न पाएकोमा खुशी व्यक्त गरिन्।फिल्ममा मुकुन, नीति, प्रभातपाल, विनोद, सन्ध्या, ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतको अभिनय रहनेछ ।

    सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले छायांकन, चिरञ्जीवि भण्डारीले कला निर्देशन, मिलन श्रेष्ठले द्वन्द्व निर्देशन र बिनयराज पौडेलले मुख्य सहायक निर्देशन गर्नेछन् । गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ । कार्यक्रम पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीले संचालन गरेका थिए ।

    Post Views: 470
    • Anjan Sharma
    • Binod Neupane
    • Jadau
    • Kaji Limbu
    • Kala Saili
    • Kala Saili News
    • Mukun Bhusal
    • Niti SHah
    प्रकाशित मिति: २०८२ श्रावण २, बिहीबार २३:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.