• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बेनिशालाई सौगात भन्दैछन् ‘मुटुभित्र खिल छ हजुर’ (भिडियो)

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २, बिहीबार २३:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको यो गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतकार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।

    संगीतकार बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्। यो मर्मस्पर्शी गीतमार्फत गिरीले नेपाली रजतपटमा विशेष भूमिकामा डेब्यु गरेका छन् । फिल्मको यसअघि सार्वजनिक टिजरको सानो अंश सामाजिक सञ्जाल फेसबुक र टिकटकमा हिट भएपछि निर्माण टिमले यो पूरा गीत सार्वजनिक गरेको हो ।

    यो गीतले दर्शकमाझ फिल्मको हाइप थप उच्च बनाउने निर्माण टिमको विश्वास छ। यसअघि सार्वजनिक गीत र टिजरले पनि दर्शकबाट राम्रो चर्चा बटुलेका छन् । निर्माता र निर्देशकले ‘सिटामोल’मार्फत बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन तथा परापूर्वकालदेखि समाजमा जरा गाडेको कुसंस्कारलाई चित्रण गर्न खोजेका छन् ।

    फिल्मले यी समस्यालाई उठान गर्दै दर्शकको मन जित्ने निर्माण टिमको भनाइ छ।राज बहादुर सानेले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, काजल भुजेल र बालकलाकार करण नेपाली तथा आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

    श्रीकृष्ण र जानुकाले यो फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका छन् । तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।

    सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्माता छन्।बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउन्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

    Post Views: 250
    • Benisha Hamal
    • Cetaamol
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    प्रकाशित मिति: २०८२ श्रावण २, बिहीबार २३:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.