कलाशैली संवाददाता । फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । गत जेठ ३० मा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’पछि यो दोस्रो नेपाली फिल्म हो । यो बीचमा वर्षात्को कारण देखाउँदै कुनै नेपाली फिल्म रिलिज भएका थिएनन्, यद्यपि केही बलिउड र हलिउड फिल्म प्रदर्शनमा आएका थिए ।
देशभक्तिपूर्ण कथावस्तु बोकेको यो फिल्मले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।मित्र प्रधानको निर्देशनमा बनेको ‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतका कलाकारको अभिनय छ ।
ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण रहेको यो फिल्म नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा केन्द्रित छ ।ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुति र मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादन छ ।
नेपालको झापा, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गालको जयगाउँ र अमेरिकामा छायांकन भएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत छ ।





