• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

  •  कलाशैली संवाददाता
  • २०८२ असार २४, मंगलवार २०:२८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी साउन २३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, र एसडी योगीकै सङ्गीत रहेको छ ।

    गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र बेनिशा हमाल लाई फिचरिङ गरिएको छ । भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन्, जसले उनीहरूको जीवन्त नृत्य प्रस्तुत गरेको छ । भिडियोमा उनीहरूको नोकझोक पनि देख्न सकिन्छ, जसले फिल्मभित्र पल र बेनिशाको केमेस्ट्री कस्तो छ भन्ने सङ्केत गर्छ ।

    यसअघि सार्वजनिक फिल्मको शीर्षक गीतमा पल शाह र नीति शाहको जोडीलाई देखाइएको थियो । यस नयाँ गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी अर्की मुख्य कलाकार मिथिला शर्मा र बालकलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ । फिल्म मेकर्स प्रा. लि. को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बन जङ्ग शाही हुन् । फिल्ममा अर्जुन जङ्ग शाही, रवीन्द्र झा र लक्ष्मी गिरीको पनि मुख्य भूमिका रहेको छ ।

    फिल्ममा कुमार महर्जनको एक्सन निर्देशन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको सङ्गीत रहेको छ । फिल्मको टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्ममा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराज को कोरियोग्राफी रहेको छ ।

    Post Views: 261
    • Benisha Hamal
    • Kala Saili
    • Kala Saili News
    • Paul Shah
    प्रकाशित मिति: २०८२ असार २४, मंगलवार २०:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.