• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दुई दिने ‘चलचित्र कन्फरेन्स’ सुरु

  •  कलाशैली संवाददाता
  • २०८२ असार २२, आईतवार १९:५६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स अन्तर्गतको भाषा तथा आमसञ्चार विभागले आजदेखि प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा दुई दिने ‘चलचित्र कन्फरेन्स’ सुरु गरेको छ । कला अध्ययन गरिरहेका र फिल्ममा आफ्नो भविष्य देख्ने विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै फिल्मका विषयमा जानकारी दिने कलाकार बसुन्धरा भुसालले बताइन् । उनले विसं २०२१ सालमा ‘आमा’ फिल्मको छायाङ्कन गर्दाको समयदेखि पछिल्लो फिल्म ‘महाभोज’ सम्म काम गर्दाको अनुभव पनि विद्यार्थीहरूलाई सुनाइन् । अभिनेता हरिहर शर्माले निरन्तरता र मेहनतले एउटा असल कलाकार वा फिल्मकर्मी बनाउनेमा जोड दिए।

    सोही कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स अन्तर्गतको भाषा तथा आमसञ्चार विभागका प्रमुख निर्मलमणि अधिकारीले विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त ज्ञान प्रदान गर्न यस्ता अन्तरक्रिया गर्ने गरेको बताए ।

    यो दुई दिने चलचित्र कन्फरेन्स चलचित्र समीक्षक समाज नेपाल, नेपाल चलचित्र निर्देशक समाज, र काठमाडौँ पर्वतीय फिल्म महोत्सव फाउन्डेसन सँगको सहकार्यमा आयोजना गरिएको हो । असार २३ गतेसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन ‘सवारी साहित्य’ नामक छोटो फिल्म प्रदर्शन गरियो ।

    त्यसलगत्तै चलचित्र समीक्षक समाज नेपालको आयोजनामा ‘फेस्टिभल फिल्म्स भर्सेस डोमेस्टिक मार्केट’ नामक अन्तरक्रियामा निर्देशक सुवर्ण थापा, समीक्षक तथा निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, निर्माता तथा वितरक विनोद पौडेल ले आफ्नो धारणा राखेका थिए भने यसमा समीक्षक प्रसुन सङ्ग्रौला सहजकर्ता थिए ।

    यस्तै, दोस्रो अन्तरक्रिया ‘द भिजुअल ल्याङ्ग्वेज अफ नेपाली सिनेमा: स्ट्रेन्थ एण्ड लिमिटेसन’ शीर्षकमा निर्देशक सुयोग गुरुङ, निर्देशक जनकदीप पराजुली, निर्देशक रेनाशा वान्तवा राई, र निर्देशक ज्ञानेन्द्र देउजाले छलफल गरेका थिए ।

    Post Views: 216
    • Chalchitra Conference
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार १९:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.