• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर एकसाथ आठ सहरमा सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ असार २२, आईतवार १९:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर काठमाडौँसहित देशका आठवटा प्रमुख सहरबाट एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा दिउँसो साढे ३ बजे बेलुन उडाएर पोस्टर अनावरण गरिएको थियो । निर्माता विमल न्यौपानेले देशभर एकसाथ फिल्मको प्रचारप्रसार होस् र दर्शकमा उत्सुकता सिर्जना होस् भन्ने उद्देश्यले यो फरक शैली अपनाएको बताए । उनले मोफसलका दर्शकलाई पनि फिल्मबारे जानकारी दिने लक्ष्य रहेको जानकारी दिए ।

    निर्माण टोलीले एकसाथ दुईवटा पोस्टर सार्वजनिक गरेको छ, जुन राकेश दाहालले डिजाइन गरेका हुन् । पहिलो पोस्टरमा अभिनेता विजय बरालसँगै अभिनेत्रीहरू केकी अधिकारी र मिरुना मगर छन् । यो पोस्टरले फिल्मको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाउँछ । पोस्टरमा केकी र मिरुना छेउ-छेउमा छन् भने बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको नीलो र मिरुनाको रातो रङको बीचमा आधा-आधा छन् । यसले केकी विजयकी दिदी र मिरुना उनले विवाह गर्न चाहेकी युवतीजस्तो देखिन्छ । मिरुना मंगोलियन अनुहारकी छिन् भने विजय र केकी । यसले विजय आफ्नो जातीय परम्परालाई अङ्गाल्दै परिवारतिरै बसिरहने वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गर्ने भन्ने दोधारमा रहेको प्रस्ट पार्छ ।

    पोस्टरमा प्रयोग गरिएका रङहरूले दोधारमा रहेका पात्रहरूको मनोविज्ञानलाई चित्रित गर्छ भने धागोले पोस्टरलाई केही फरकपन दिएको छ । यसले दर्शकमा फिल्मबारे चासो जगाउन सक्ने अपेक्षा गरिएको छ । यसअघि नै ‘फर्स्ट लुक’ सार्वजनिक गरिसकेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । यो फिल्म आगामी भदौ ६ गते रिलिज हुनेछ ।

    फिल्मको एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् । बलियो कलाकार समूह रहेको यस फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ ।

    पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

    थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको यस फिल्ममा नवीन गुरुङ प्रमुख छायाकार (डीओपी) र कृष्ण परियार को सिनेम्याटोग्राफी रहेको छ । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकाल ले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।

    Post Views: 259
    • Janai Harayeko Bahun
    • Kala Saili
    • Kala Saili Music
    • Kala Saili News
    • Keki Adhikari
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार १९:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.