• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार २०:३५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली कला, संस्कृति र समाजसेवाको क्षेत्रमा अद्वितीय छाप छोडेकी छिरिङ शेर्पा नृत्यको रङ्गमञ्चदेखि सगरमाथाको सर्वोच्च चुचुरोसम्म पुगेर एक प्रेरणाको स्रोत बनेकी छन् । उनी केवल एक कलाकार मात्र नभई, सशक्त नेतृत्वकर्ता, सफल उद्यमी र देश तथा समुदायप्रति समर्पित सामाजिक अभियन्ता पनि हुन् ।

    गौतम बुद्ध फिल्म प्रा.लि. को प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सीएस इन्टरटेन्मेन्ट नेपाल तथा सीएस डान्स स्टुडियोकी सञ्चालिका समेत रहेकी छिरिङ, च्यारिटी नेपाल फाउन्डेसन (सिएन फाउन्डेसन) मार्फत समाजसेवा र युवा सशक्तीकरणमा पनि अग्रणी भूमिकामा छिन् ।

    छिरिङको साङ्गीतिक तथा कलात्मक यात्रा प्रारम्भिक प्रतियोगिताहरूबाट सुरु भएको थियो । उनले मिस टिनेजर्स इन्टरनेशनल नेपाल २०१५ मा ‘मिस ट्यालेन्ट’ र मिस इन्डिजिनस हेरिटेज नेपाल २०१७ मा ‘मिस एलिगेन्ट’ को उपाधि जितेपछि नेपाली कला क्षेत्रमा छुट्टै पहिचान बनाइन् । नेपालकै सबैभन्दा ठूलो नृत्य वास्तविकता कार्यक्रम (डान्स रियालिटी शो) डान्सिङ स्टार नेपालको विजेता बनेर छिरिङको लोकप्रियता चरममा पुग्यो । उनले ५ हजार २ सय ७८ मिटरको उचाइमा (कालापत्थर, सोलुखुम्बु) ‘हाईएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड’ को जोडी श्रेणीमा गिनिज वर्ल्ड रेकर्डसमेत हात पारिन् ।

    सन् २०२५ मे १९ मा सगरमाथा आरोहण गर्दै उनले ‘ट्रिब्युट्स टु शेर्पाज, माई भोइस फर शेर्पा क्लाइम्बर्स’ भन्ने भावपूर्ण सन्देशमार्फत सम्पूर्ण शेर्पा समुदायको सम्मानमा आवाज बुलन्द गरिन् । नेपालको कला, फिल्म र संस्कृति प्रवर्द्धनमा समर्पित छिरिङले शेर्पा फिल्म एसोसिएसन अफ नेपाल (एसएफएएन) को संस्थापक अध्यक्षका रूपमा नेतृत्व दिइरहेकी छन् । साथै, उनी फेडेरेसन अफ इन्डिजिनस न्याशन्यालिटीज फिल्म नेपालकी उपाध्यक्ष पनि हुन् । सिंगापुरस्थित फेडेरेसन अफ वर्ल्ड कल्चरल एन्ड आर्ट सोसाइटीकी ‘ग्लोबल अनररी एडभाइजर’ को भूमिकामा रहेर उनले अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण योगदान दिँदै आएकी छन् ।

    छिरिङ विभिन्न प्रतिष्ठित ब्रान्डहरू जेनिथ अब्रोड स्टडी र क्विक केक्सकी ब्रान्ड एम्बेसडर पनि हुन् । साथै, एभरेस्ट हार्डवेयर की मार्केटिङ म्यानेजरका रूपमा व्यावसायिक क्षेत्रमा पनि उनको गहिरो योगदान रहँदै आएको छ । उनले विभिन्न सौन्दर्य प्रतियोगिता, नृत्य तथा प्रतिभा प्रतिस्पर्धाहरूमा निर्णायक (जज) को भूमिका निर्वाह गरिसकेकी छन् । शिक्षा क्षेत्रमा पनि उनी आईआईएफटी नेपालबाट फेसन डिजाइन एन्ड बिजनेस म्यानेजमेन्ट अध्ययन गर्दैछिन् भने पद्मकन्या क्याम्पसबाट ब्याचलर अफ आर्ट्स अध्ययनरत छिन् ।

    ‘मेरो यात्रा केवल मेरो मात्र होइन, सम्पूर्ण शेर्पा समुदाय र आफ्नै बाटो बनाउने युवाहरूको प्रतिनिधित्व हो’, छिरिङ भन्छिन् । नेपाली समाजमा नेतृत्व, कला र संस्कृतिको संगम बनाउँदै, छिरिङ आजको पुस्ताका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि एक प्रेरणाको स्रोत बनेकी छिन् ।

    फोटोकथा : कुवेर डंगोल / कलाशैली

    Post Views: 198
    • Chhiring Sherpa
    • Kala Saili
    • Kala Saili Gallery
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार २०:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी हुन् सर्वकालीन बढी कमाउने फिल्म (फोटोफिचर)
    ‘आमा’ को पोस्टर हुलाक टिकटमा अंकित (फोटो फिचर)
    तस्बिरमा हेर्नुस् २५औँ वार्षिकोत्सव (फोटो फिचर)
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.