कलाशैली संवाददाता । युवापुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य र नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझी बीच सांगीतिक सहकार्य भएको छ । गायक वैद्यको नयाँ गीत ‘बेहुली’ का लागि उनीहरूले सहकार्य गरेका हुन् । युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा दुवै कलाकारलाई एकसाथ देखिएका छन् । गीतको छायांकनका केही दृश्यहरू केही दिनयता टिकटक र इन्स्टाग्राममा भाइरल समेत भइरहेका छन् ।
गायक वैद्य नेपाली सांगीतिक उद्योगमा यथार्थपरक लय र संवेदनशील गीतहरूका लागि चिनिन्छन् र उनी युवामाझ निकै लोकप्रिय छन् । यता दिव्या रायमाझीले पछिल्लो वर्षदेखि नेपाली फिल्म तथा विज्ञापन क्षेत्रमा सक्रियता बढाउँदै आएकी छन् ।