• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जुरासिक वर्ल्ड रिबर्थ’ हेरेर दर्शकले के भने ?

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार २०:१४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हलिउडको बहुप्रतीक्षित एड्भेन्चर फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । यो फिल्म ‘जुरासिक पार्क’ फ्रेन्चाइजको सातौँ र ‘जुरासिक वर्ल्ड’ शृंखलाको चौथो भाग हो । फिल्ममा स्कारलेट जोहानसन र जोनाथन बेलीको मुख्य भूमिका रहेको छ । डायनासोरको संसारमा दर्शकहरूलाई फेरि एकपटक पुर्‍याउने उद्देश्यले निर्माण गरिएको यो फिल्मले रिलिज हुनेबित्तिकै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन सुरु गरेको छ ।

    फिल्म हेरेका दर्शकहरूले सामाजिक सञ्जालमा निकै उत्साहजनक प्रतिक्रिया दिएका छन् । धेरैले फिल्मको कथालाई रमाइलो र प्रभावशाली भनेका छन् भने कतिपयले यसले पुराना भागहरूको याद दिलाएको उल्लेख गरेका छन् । फिल्मको भिजुअल इफेक्ट्सको पनि निकै प्रशंसा भइरहेको छ । समग्रमा, फिल्म सबै पक्षबाट उत्कृष्ट रहेको प्रतिक्रियाहरू आइरहेका छन् ।

    ‘जुरासिक वर्ल्ड रिबर्थ’ मा स्कारलेट जोहानसनसँगै महेरशला अली, जोनाथन बेली, रूपर्ट फ्रेन्ड, म्यानुअल गार्सिया-रुल्फो, एड स्क्रेन र लूना ब्लेजले अभिनय गरेका छन् । ग्यारेथ एडवर्ड्सले निर्देशन गरेको यो फिल्मको कथा विड कोएप ले लेखेका हुन् । यो फिल्म ‘द कैनेडी/मार्शल कम्पनी’ र ‘एम्बलिन एंटरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको हो भने ‘युनिभर्सल पिक्चर्स’ ले यसको वितरण गरेको छ ।

    Post Views: 416
    • Jurassic Wolrd Rebirth
    • Kala Saili
    • Kala Saili News
    • Scarlet Johnosan
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार २०:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.