• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

एकै दिनमा पाँच फिल्म पाउने अभिनेता

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार २०:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बलिउड । शाहरुख खान आज भारतका ठूला कलाकार बनिसकेका छन् । उनलाई अहिले आफ्नो फिल्ममा लिने निर्माता तथा निर्देशकको कुनै कमि छैन । बलिउडकर्मीसमेत शाहरुखसँगको भेट विशेष हुने भन्दै अन्तर्वार्ता दिने गरेका छन् । तर, यिनै शाहरुख दिल्लीबाट मुम्बई आउँदा एक्ला थिए, घर फर्किने पैसा थिएन र बलिउडसँग सम्पर्क थिएन । उनको बलिउड यात्रा थियटर र सिरियल हुँदै सुरू भएको थियो ।

    ‘फौजी’ नामक टिभी सिरियलमार्फत परिचित भएका हुन् । ब्यारी जोनको थियटर प्लेमा गरेका शाहरुख करण कपूरको सिरियल ‘फौजी’ मा काम गरेपछि बलिउडकर्मीको आँखामा परेका थिए । ‘थियटरको प्लेपपछि करण सरको सिरियलमा काम गर्ने अवसर मिल्यो । उनको छोराले गर्ने भनिएको रोल नगरेपछि मलाइ अवसर मिलेको हो’ शाहरुखले पुराना दिन स्मरण गर्दै एक अन्तर्वार्तामा भने ।

    टिभी सिरियल हिट भएसँगै शाहरुख चिनिन् थाले तर उनलाई अभिनयको सौख थिएन । उनि एड फिल्म बनाउन चाहन्थे । त्यो समयमा ह्यारी बाबेजा र हेमा मालिनीको फोन आएता पनि उनि काम गर्न गएका थिएनन् । किनकि उनि दिल्लीमा थिए र काम मुम्बईमा थियो । त्यसको ३/४ महिनापछि उनको आमाको देहान्त भयो । त्यसपछि उनले आफ्नो एक्लोपनलाई कामबाट भुलाउन थाले ।

    आमा नरहेपछि उनि ‘वाग्ले कि दुनिया’ नामक सिरियलमा काम गर्न मुम्बई पुगे । उनि एक वर्षको लागि मुम्बई पुगेका थिए र त्यहाँ पुग्दा उनिसँग फर्किने पैसा पनि थिएन । उनि सिरियल कम्पनिकै अफिसमा बस्थे । एकदिन अचानक उनलाई भेट्न विवेक वास्वानी आए । उनले जीपी शिपीको फिल्म छ, काम गर भने ।

    ‘त्यो बेला मैले म टिभी मै ठिक छु भनेको थिए । तर, भोलि पल्ट म बसेकै अफिसमा आएर विवेकजीले मलाइ शिपी सरको अफिसमा लगे’, शाहरुखले भने । त्यो दिन उनले ५ फिल्म साइन गरेका थिए । उनले हेमा मालिनीलाई भेटे, राकेश रोशनको ‘किङ अंकल’, हेमाकै सिफारिसमा ‘दिवाना’ सहित एकै दिनमा ५ फिल्ममा अनुबन्धित भएका थिए ।

    Post Views: 325
    • Kala Saili
    • Kala Saili News
    • Shah Rukh Khan
    • SRK
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार २०:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.