• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत कस्तो छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार १९:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । यही असार २७ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को शीर्षक गीत सार्वजनिक भएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको यो फिल्मको शीर्ष गीतको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ र निर्देशक मित्र प्रधानले अभिनय गरेका छन् ।

    जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको यस गीतमा विकास चौधरीको सङ्गीत, शंकर अधिकारी ‘घायल’ को शब्द र कमल रसाइलीको गायन रहेको छ । गीतले फिल्मको कथावस्तुलाई सशक्त रूपमा दर्शाउँछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतको भिडियोमा करिब २०० वटा राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ, जसले देशभक्ति भावनालाई थप उजागर गरेको छ ।

    पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि. को प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानका साथै नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबन्शी र भानुभक्त सिटौला लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनीश शाहको सम्पादन तथा सीजीआई सत्यम रानाको योगदान रहेको छ । फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सङ्गीत रहेको छ भने दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी ‘घायल’ को शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द सङ्कलन रहेको छ । यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

    Post Views: 284
    • Kala Saili
    • Kala Saili News
    • Yo Man Ta Mero Nepali Ho
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार १९:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.